रेसलरले पछारेपछि थला परेकी राखीको आरोप : ‘तनुश्रीले मान्छे लगाएको हो, छोड्दिन’


२७ कार्तिक २०७५, मंगलवार
Rakhi 1 2 3ArkUYPPnn

काठमाडौं, २७ कात्तिक । बलिउड डान्सर राखी सावन्त मिडियामा बारम्बार छाइरहन्छिन् । तनुश्री समलिङ्गी भएको र उनले आफ्नौ यौन शोषण गरेको भन्दै चर्चामा आएकी राखी हिजो देश–विदेशका सञ्चार माध्यममा भाइरल भइन् ।

Rakhi 1 2 3ArkUYPPnn

एक विदेशी महिला रेसलरले पछारेपछि अस्पताल भर्ना भएको खबरले राखी एकाएक भाइरल भइन् । रेसलरले पछारेपछि राखी अस्पताल नै भर्ना हुनु परेको थियो । यो घटनासँगै फेरि राखीले एउटा अनौठो कुराको खुलासा गर्दै सञ्चार माध्यमहरुलाई नै चकित बनाएकी छन् ।

आइतबार विदेशी रेसलरबाट पिटाइ खाएपछि चर्चामा छाएकी राखीले यो मामलाबारे यस्तो अभिव्यक्ति दिएकी छिन् जुन निकै रोचक छ । राखी सावन्तले आफ्नो इन्स्टाग्राम पोष्टमार्फत यो पूरा मामला तनुश्रीको षड्यन्त्र भएको बताएकी छिन् ।

राखीले एउटा भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा राखी भन्छिन्, ‘म त नाच्न गएकी थिएँ । तर ती रेसलर पागल भइन् । म रेसलर त होइन । यो सबै उसले तनुश्रीको आदेशमा गरेकी हुन् ।’

Rakhi 3 1 aS0PdKIcBQ

राखीले तनुश्री दत्तामाथि आरोप लगाउँदै भनिन्, ‘उनले म नाच्न नसकोस् भन्ने चाहन्छिन् । उनले रेसलरलाई यो काम गर्नका लागि पैसा दिएकी छिन् ।’ घाइते भएपछि राखीलाई चन्दीगढको जिरकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी, उनी त्यहाँबाट डिस्चार्ज भइसकेकी छिन् ।

अस्पतालमा भर्ना हुँदा राखीले हरियाणाको एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘अब तनुश्रीलाई छोड्दिनँ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७