बाबुराम जित्दा संसदमा कांग्रेस बलियो हुन्छ : थापा


४ मंसिर २०७४, सोमबार
gagan thapa 1

गोरखा: नेपाली कांग्रेसका नेता गगन ले गोरखा २ मा डा.बाबुराम भट्टराई जित्दा संसदमा कांग्रेस बलियो हुने बताएका छन् ।gagan thapa 1

सोमबार भच्चेकमा कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता गगनले प्रतिनिधिसभा उम्मेदवार भट्टराईलाई भोट मागेका हुन् ।

उनले भट्टराईलाई मत दिने क्रममा विगतको दुःख पीडा विर्सिन गोरखाका कांग्रेस कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले संसदमा गठबन्धन आउनु भनेको पार्टी जित्नु बराबर हो भनेको छ । त्यसैले निजी चोट विसर्न आग्रह गर्छु’ उनले भने ।
यो चुनाव संविधान जोगाउने कि भत्काउने जनमत संग्रह भएको भन्दै उनले भने, ‘संविधान जोगाउन र कार्यान्वयन गर्न कांग्रेसले जित्न आवश्यक छ । गोरखा २ मा बाबुरामले जित्नु भनेको संसदमा कांग्रेस बलियो हुनु हो ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७