मंसिर ७ गतेदेखि लाइसेन्सको आवेदन खुल्दै


२८ कार्तिक २०७५, बुधबार
licence

काठमाडौं, २८ कात्तिक । के तपाईले लाइसेन्स लिनु भएको छैन ? अनि वाध्यतामा परेर बिना लाइसेन्स जोखिम मोलेर सवारी हाँकीरहनु भएको छ ? यदि यसो हो भने लाइसेन्स लिनका लागि तयारी गर्दा हुने भएको छ ।

licence

दशैं अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ । ‘७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्ने तयारी भइरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

यातायात व्यवस्था विभागले दशैंको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो ।

नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दशैं विदा सकिएपछि सुचालु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

५० लाइसेन्स तयार
ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन् । यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ ।

आफूहरुले हालसम्म ५० भन्दा धेरै लाइसेन्स छापिसकेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिएका छन् । चालकको व्यक्तिगत विवरणमा केही समस्या आएको कारण पूरा रफ्तारमा लाइसेन्स छपाई हुन नसकिएको उनले बताए ।

‘शुरुवाती दिनमा हामीलाई प्राप्त डाटामध्ये करिव १५ प्रतिशत डाटा मात्र आउथ्यो, बाकीँ ‘इरर’ आउँथ्यो तर अहिले विभागले भारतबाट इन्जिनियर ल्याएपछि ५० प्रतिशत सही डाटा आउन थालेको छ’ ढकालले भने ‘ अव केही समयमै हामी पूरा रफ्तारमा छाप्छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७