नायिकाको गोप्य तस्वीर भाइरल, तनावमा परेपछि गुहारिन् प्रहरी


२८ कार्तिक २०७५, बुधबार
nayika

काठमाडौं, २८ कात्तिक । सिने क्षेत्रका गोप्य गतिविधि र समाचारहरु बेला–बखत आउने गर्छन् । यस्ता काण्डबाट कलिउड मात्र नभई बलिउड पनि अछुतो छैन ।

nayika

आफ्ना गोप्य तस्विरहरु एकाएक भाइरल भएपछि बलिउडकी एक नायिका अक्सरा हसन तनावमा परेकी छन् ।

साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडिदेखि भाइरल भइरहेको छ । बलिउडमा चलचित्र ‘समिताभ’ बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक सञ्जाललाई एकाएक तताएको छ ।

तस्बिरमा विशेषगरी, अक्सराले लिएका हट सेल्फीहरु छन् । जुन तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने अक्सराले समेत भेउ पाउन सकेकी छैनन् । आफ्ना अति गोप्य तस्विर एकाएक भाइरल बनेपछि अक्सरा अहिले प्रहरीकोमा पुगेकी छिन् ।

फोटो बाहिर ल्याउने अज्ञात व्यक्तिविरुद्ध उनले एफआइआर समेत दर्ता गरेकी छिन् । प्रहरीले अक्सराको तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७