काँग्रेस नेता गिरी र पूर्वगृहराज्यमन्त्री राजवंशी एमाले प्रवेश


४ मंसिर २०७४, सोमबार
giri

काठमाडौं: नेपाली काँग्रेसका प्रभावशाली नेता उमेश गिरी एमालेमा प्रवेश गरेका छन् । सोमबार बिहान झापा अवस्थि बिराटचोकमा आयोजित सभामा उनी एमाले प्रवेश गरेका हुन् । उनीसंगै ०६४ को निर्वाचनमा मोरङ–४ बाट मधेसी जनअधिकार फोरमबाट पूर्वगृहराज्यमन्त्री बनेका भीमराज राजवंशी पनि एमाले प्रवेश गरेका छन् ।

giri
यस अघिनै एमाले प्रवेश गर्ने तयारी गरे पनि विभिन्न कारणले सम्भव भएको थिएन । नेता गिरी एमालेमा प्रवेश गर्नु ढिला हुनुको कारण हो एमाले अध्यक्ष ओली आफ्नै निवासमा आएर प्रवेशका लागि औपचारिक आग्रह गर्नुपर्ने उनको सर्त थियो । अहिले त्यो सर्त पुरा भएको कारण उनले एमालेमा प्रवेश गरेको स्रोतको दाबी छ ।
उनले पार्टी प्रवेशको क्रममा आफूले एमालेबाट टिकट वा अरू कुनै अवसर नखोजेको बताएका छन् । उनले आफ्नो सम्मानका लागि अध्यक्ष ओली आफ्नै निवासमा आएर अनुरोध गर्नु पर्ने उनले सर्त राख्दै आएका थिए ।

को हुन् उमेश गिरी ?
२०४८ को निर्वाचनमा मोरङ–५ मा टिकटको आकांक्षी थिए । तर आचार्यलाई टिकट दिइएपछि असन्तुष्ट बने । तर, उनी काँग्रेसलाई जिताउँन निक्कै ठुलो धाँधली गरेको थियो । ०५१ को निर्वाचनमा पनि सो क्षेत्रबाट आचार्यले नै टिकट पाएपछि उनी असन्तुष्ट मात्रै बनेन् बिद्रोही उम्मेदवार नै बने ।
जसोतसो आचार्यले २०५१ मा चुनाव जितिन् । तर, ०५६ को निर्वाचनमा गिरीले आफ्नो नेतृत्वमा ‘नेपाली काँग्रेस विश्वेश्वर’ गठन गरेर हात्ती चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थिए । उनले आफूले जित्नत सकेन्न् नै २ पटका उक्त क्षेत्रबाट चुनाव जितेकी आचार्यलाई पनि जित्न दिएनन् । त्यसको फाइदा सद्भावना पार्टीबाट उम्मेदवार बनेका बद्रीप्रसाद मण्डलले मज्जैले उठाए ।
जब उनले काँग्रेस काँग्रेस उम्मेदवारलाई हराउन ठुलो भूमिका निर्वाह गरे तब उनको सम्बन्ध काँग्रेससँग टाढिदैँ गयो । ०६४ को निर्वाचनमा गिरी उपेन्द्र यादव नेतृत्व तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी ‘तमलोपा’ प्रवेश गरे । यादवले २ ठाउँबाट चुनाव जितेका थिए । यादवले गिरीलाई मोरङ–५ छाडेपछि भएको उपनिर्वाचनमा उनी तमलोपाबाट उम्मेदवार बनेका थिए ।
गिरी चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार समेत हुन् । उनलाई पाँच करोड फिरौती लिएर छाडिएको बताइने गरेको छ । उनी नेपाली काँग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापका नाइके हुन् ।
खास गरी गरी खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा बिराटनगरमा उनको दबदबा चलथ्यो । गिरी काँग्रेसले गरेको सशस्त्र संघर्षकालमा भएको विमान अपहरण काण्डका सहभागी मध्ये सदस्य एक हुन् । उनलाई २०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वमा बनेको राप्रपा सरकार टिकाउन एमालेसँग २ करोड रुपैँया मागेको आरोप समेत लागको थियो । उनलाई त्यति रकम प्राप्त भए पनि उनले सरकार टिकाउन कुनै पहल नगरेको उनीमाथि आरोप लागेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७