गृहमन्त्रीज्यू, सशस्त्रमा १८ महिनादेखि बढुवा किन रोकिंदैछ ?


३० कार्तिक २०७५, शुक्रबार
badal

काठमाडौं ३० कात्तिक । सशस्त्र प्रहरी बलमा दरबन्दी खाली भएर पनि ९ महिनासम्म एसएसपीबाट डीआइजी बढुवा रोकिन पुग्यो । मिडियामा ब्यापक रुपमा कुरा उठेपछि डीआइजी बढुवा भयो । तर कानुन, लेखा, स्वास्थ्य र इन्जीनीयरीङतर्फको एसएसपी, एसपी लगायतका थुप्रै पदहरुको बढुवा १८ महिनादेखि हुन सकेको छैन । जसका कारण धेरै त बढुवा नै नभई अवकाशमा पर्ने चिन्तामा छन् । संगठन प्रमुखले ब्यक्तिगत रिसइबी साँधेर बढुवा रोकिएको स्रोतले बताएको छ ।

badal


सशस्त्रको कानुन, लेखा, स्वास्थ्य र इन्जीनीयरीङतर्फको बढुवाका लागि आइजीपी शैलेन्द्र खनालले ठूलै रकम माग गरेको र त्यो नदिएपछि बढुवा नै रोकेको आरोप छ । बढुवा अधिकार भएकाले किन घुस दिने भनेर नदिएपछि उनले प्रतिशोध साँधेर रोकेका छन् । डीआइजीको बढुवा रोकेकोबारेमा समाचार आए पनि कानुन, इन्जीनीयरीङ र लेखाको बढुवा रोकिएकोबारेमा मिडियाको ध्यान पनि जान नसकेपछि आफ्नो पीडा भित्रभित्रै गुम्स्याएर काम गर्दैआएका छन् ।

यसैबीच, सशस्त्रको डीआइजी सरुवामा २ नम्बर प्रदेशमा सरुवा हुन खोजेका डीआइजी सुरज श्रेष्ठको मनसुवा पूरा नभएपछि उनकै योजनामा प्रवीण श्रेष्ठलाई लगिएको छ । प्रवीण श्रेष्ठ ४ गण्डकी प्रदेशबाट २ नम्बरमा सरुवा भएका हुन् । यसअघि आइजीपी श्रेष्ठले उनलाई ५ नम्बर प्रदेशमा सरुवा गर्न खोज्दा सकेका थिएनन् । सशस्त्रमा १, २ र ५ नम्बर प्रदेश सीमा क्षेत्र पनि भएकाले आकर्षक मानिन्छन् ।

आइजीपी खनालले २ नम्बर प्रदेशका डीआइजी कविन्द्रमान श्रेष्ठलाई ९ महिनामै तानेका छन् । आइजीपी श्रेष्ठले २ नम्बरमा सुरजकुमार श्रेष्ठलाई पठाउन भगीरथ प्रयत्न गरेका थिए । तर डीआइजी श्रेष्ठ १ नम्बर प्रदेश (तत्कालीन पूर्वक्षेत्र) र सुदूरपश्चिम(७ नम्बर प्रदेश)को बाहिनीपति भइसकेका हुन् । २ पटक बाहिनीपति भइसकेका सुरजकुमारलाई तेस्रो पटक २ नम्बर प्रदेशको बाहिनीपति बनाउने चलखेलमा आइजीपी खनाल असफल भएका छन् । डीआइजी श्रेष्ठलाई सशस्त्रको प्रवक्ता बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७