सिङ्गटीखोलाबाट ८० प्रतिशत लक्ष्य हासिल


३० कार्तिक २०७५, शुक्रबार
singati khola e1519989598242

जिरी, ३० कात्तिक । दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ ।

singati khola e1519989598242

असोज २० मा आयोजनाको सुरुङको पहिलो ‘ब्रेक थ्रु’ सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।

आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको हो ।

अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो । पाँच हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउसतर्फको खण्डमा ९०० मिटर सुरुङ मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य आयोजनाले राखेको छ ।

विद्युत गृहको काम पनि करीब ६० प्रतिशत सम्पन्न भएको आयोजनाको भनाइ छ । चैत मसान्तभित्र विद्युत्गृहको काम पनि सकिने अयोजना प्रमुख सापकोटाले बताए । सरकारले प्रतिष्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको यस अयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ ।

कुनै कारणवश निर्माणमा ढिलाइ भए ढिलोमा २०७६ असारसम्ममा विद्युत् उत्पादन शुरु हुने आयोजनाले जानकारी दिएको छ । रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजना निर्माण शुरु गर्दा १६ मेगावाट क्षमता रहेपनि पछि क्षमता वृद्धि गरी २५ मेगावाट पु¥याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७