आइजीपीकै दबाबमा सरुवा निस्किएको दुई दिनमै काज खटाउँदै


२ मंसिर २०७५, आईतवार
murari misra

काठमाडौं, २ मंसिर । नेपाल प्रहरीले शुक्रबार ४ सय ५५ प्रहरी निरीक्षकको सरुवा निकालेको २ दिनमै पुनः काज निकाल्न लागेको छ । आइजीपी सर्वेन्द्र खनालले आफ्ना निकट केही प्रहरी निरीक्षकलाई मालदार ठाउँमा पठाउन सरुवा निकालेको २ दिनभित्रै पुनः काज निकाल्न लगाएका छन् ।

murari misra
आइजीपी सर्वेन्द्र खनाल र इन्स्पेक्टर मुरारी मिश्र

आइजीपी सर्वेन्द्र खनालको निर्देशनमा प्रहरीको कर्मचारी प्रशासन शाखाले जागिरे जीवनमा सधैं कमाउ ठाउँमा बसेका इन्स्पेक्टर मुरारी मिश्रलाई कास्की ट्राफिकको प्रमुख बनाउनका लागि केहीबेरमा काज सरुवा निकाल्न लागेको छ । मिश्रको दरबन्दी महानगरीय ट्राफिक प्रहरी महाशाखा हो । तर आइजीपी खनालले उनलाई दरबन्दीमा नपठाई कास्की ट्राफिकमा पठाउन लागेका हुन् ।

कास्की ट्राफिकका प्रमुख इन्स्पेक्टर ऐनबहादुर मल्ललाई रोल्पा सरुवा गरिएको छ । शुक्रबार सरुवा निकाल्दा आइजीपी खनालले कास्की ट्राफिक खाली राख्न लगाएर मिश्रलाई काजसरुवा गर्न लागिएको छ । मिश्र ट्राफिकका सबै कमाउ पोष्ट चाहारी अकूत सम्पत्ति आर्जन गर्ने अधिकृतका रुपमा चिनिन्छन् । नवलपरासी ट्राफिक, वागमती लाइसेन्स, सातदोबाटो ट्राफिक, थानकोट लगायतका पोष्ट इन्चार्ज हुँदा उनी पैसाकै कारण बदनाम भएका हुन् । यस्ता विवादित र अकूत सम्पत्ति आर्जन गर्ने मिश्रलाई आइजीपी खनालले दरबन्दी खाली राखी काजमा पठाउन लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७