गोर्खा सैनिकहरुबाट दुनियाँले निष्ठा, समपर्ण र इमानदारिता सिक्नुपर्छ : माधव नेपाल


४ मंसिर २०७५, मंगलवार
MK Nepal with GAESO

लण्डन, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता गोरखा सैनिकहरु इमानदारिता, निष्ठा र समपर्णको अर्को नाम भएको बताएका छन् । गोरखा सैनिकहरुको इमानदारिता, निष्ठा र समपर्ण दुनियाँले सिक्नुपर्ने उनको भनाई छ ।

MK Nepal with GAESO



गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले सोमबार बेलायतको अल्डरसटमा गरेको जानकारी सभामा बोल्दै वरिष्ठ नेता नेपालले गोरखा सैनिकहरुलाई दुनियाँले विश्वास गरेको उल्लेख गरे । विश्वभरका नेपालीहरुले गोरखा सैनिकहरुले जस्तै सबैको विश्वास जित्नुपर्ने उनको भनाई छ । उनले भने,‘गोरखा सैनिकहरुबाट दुनियाँ र विश्वभरीका नेपालीहरुले निष्ठा, समपर्ण र इमानदारिता सिकोस् ।’

वरिष्ठ नेता नेपालले गोरखाहरुको गौरवशाली इतिहास रहेको बताए । विश्वमा नेपाललाई गोरखाहरुले परिचित बनाएको उनको भनाई छ । गोरखाहरुको बाहुदरिता र योगदानको प्रमाणहरु विश्वको कुनाकप्चाहरुमा देख्न सकिने उनको भनाई छ ।

Madav kumar Nepal with Nayapage



गोरखाहरुको योगदानको गाथा नेपालीहरुले पनि खोजबिन गरी दस्ताबेजीकरण गर्नुपर्ने उनको भनाई छ । ‘हाम्रो बाहुदुरीता अझै पनि साक्षी छ । हाम्रो योगदान कति छ भनेर ? अर्को देशमा गएर तेस्रो देशमा लडन हुदैन, भन्ने कुरा कति जायज, कति नाजायज हो भन्ने एउटा प्रश्न त छदैछ । तर दोस्रो देशमा भर्ती गर्न पठाइयो र तेस्रो देशसँग युद्ध गराइयो । यी कुरा इतिहास भइसक्यो,’ उनले भने, ‘तर यति हुदाँ हुदै पनि गोर्खाको बाहदुरीतालाई कसैले भुल्न सक्दैन उनले भने ‘मृत्युलाई कसैले चुनौती दिन सक्दैन, तर मृत्युलाई चुनौती दिन सक्ने भनेको वीर गोर्खा मात्रै हो ।’

‘कर्मचारीले नमान्दा पनि त्रिपक्षीय सम्झौता दिए’
वरिष्ठ नेता नेपालले गोरखाहरुको समस्या समाधान तत्कालीन एमालेको नौ महिने सरकारको बेला आफु उपप्रधान तथा पराराष्ट्रमन्त्री भएको बेलादेखि आफुले शुरुवात गरेको स्मरण गरे । बेलायत, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौता कर्मचारीहरुको अबरोधकोबीच पनि आफूले गेसोलाई उपलब्ध गराएको बताए । ‘तत्कालीन समयमा आफुले नै नेपाल, भारत र बेलायत सरकारवीच भएको त्रि–पक्षीय सम्झौताको कपी उपलब्ध गराएर सडक संघर्ष गरिरहेको गोर्खाहरुलाई कानुनी लडाई लड्न सहज भयो ।’

त्यसअघि अर्को देशसँग गरेको त्रिपक्षीय सम्झौता देखाउने नगरिएको उनले बताए । भने, ‘पराराष्ट्रमन्त्री भएको त्यो समयमा गेसोको केही साथीहरु आउनुभयो । उहाँहरुलाई कानुनी लडाई लडन र जानकारी होस भनेर मैले नै त्रिपक्षीय सम्झौताको कपी उपलब्ध गराएका थिए । जुन अर्को देशसंग गरिएको सम्झौताहरु देखाइदैन थियो । तर मैले कर्मचारी नमान्दा नमान्दा पनि यस्तो कुरा लुकाउन हुदैन भनेर दिए । त्यसै कारण गोर्खा दाजुभाईहरुलाई बेलायतको अदालतसम्म आउन मद्दत पुग्यो ।’

Gurkha


‘सरकार गम्भिर हुनुपर्छ’
वरिष्ठ नेता नेपालले गोरखा सैनिकहरुको समस्या सम्बोधनका निम्ती नेपाल सरकार पनि गम्भिर हुनुपर्ने बताएका छन् । विभेदमा परेका गोरखाहरुको समस्या समाधानमा लागि विगतका सरकारहरुले कुनै ठोस पहल नगरेको कारणले पनि समस्या समाधान नभएका उनको भनाई छ । बरिष्ठ नेता नेपालले गोर्खाहरुको समस्या समाधान कुटनीतिक तवरबाट हुनुपर्नेमा जोड दिए ।

दुई देशवीच समस्या समाधानको पहल कुटनीतिक तबरबाट गर्दा उपलब्धीमुलक हुने उनको भनाई छ । गोरखाहरुको समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा आफु र अहिलेको सरकार रहेको जनाउदै नेपालले गोर्खाहरुको समानताका लागि नेपाल र बेलायत सरकारवीच कुराकानी समेत भइरहेको जानकारी गराए । उनले भने, ‘गोरखाहरुको बिषयमा सचिवस्तरीय बार्ता छलफलहरु भइरहेको छ । त्यसले गोर्खाहरुको हक अधिकारको बिषयमा न्यायपुर्ण उपलब्धी दिने कुरामा आफु विश्वस्त छु ।’

हेर्नुहोस् पुरा भिडियो : 


खुट्टा तान्ने प्रबृतिले हाम्रो नेपाली समाज जहाँ पनि ग्रसित भएको जनाउदै पुर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता नेपालले त्यस्ता कुराबाट मुक्त हुनपर्ने बताए । हामी जहाँ गएपनि नेपाली हो । विदेशमा बसेर पनि आपनो प्रभुत्वलाई, सक्रियतापुर्वक र क्षमतालाई अब्बल राखेर नेपाली शिर उच्च राख्ने कुरा पनि नेता नेपालले सुझाए ।

कार्यक्रममा गोर्खा र तीनका परिवारले दोहोरो नागरिकताको सन्दर्भमा राखेको जिज्ञासाको बिषयमा बोल्दै नेता नेपालले गोर्खा गैरआवसीय नभएको र नेपालको अभिन्न अंग भएको बताउदै संविधान लगायत कानुनी कुराहरुमा देखिएको समस्या समाधान गर्न र गोर्खाको पक्षमा सहजता गर्न आफु लागि पर्ने समेत बताए ।

‘नेपाली माटो र संस्कृतिलाई शिरमा राख्नुहोस्’
वरिष्ठ नेता नेपालले नेपाली माटो र संस्कृतिलाई शिरमा राख्न पनि गोरखाहरुलाई अनुरोध गरे । नेपालको जग्गा जमिन बेचेर बेलायत आइरहेका गोरखाहरुलाई त्यसो नगर्न पनि सुझाए । जहाँ गए पनि नेपाली माटो र संस्कृतिलाई जोगाइराख्न पर्ने उनको भनाई छ ।

‘नेपाली सेनामा तामाङ समुदाय र महिलाको भर्ती सुरु गरेँ’
एक अर्को प्रसङ्गमा वरिष्ठ नेता नेपालले नेपाली सेनामा तामाङ समुदाय र महिलाको भर्ती आफूले सुरु गरेको बताए । आफू परराष्ट्र तथा रक्षामन्त्री भएको बेला यी दुई भर्ना अभियान सुरु गरेको उनको भनाई छ ।

त्रिपक्षीय सम्झौता पाएपछि लड्न सजिलो भयो :  गेसो सभापति

Gurkha with Mahav Nepal


कार्यक्रममा गेसोका सभापति कृष्णकुमार राईले वरिष्ठ नेता नेपालले गोरखा आन्दोलनमा गरेको सहयोग निकै महत्वपूर्ण भएको बताए । नेता नेपालले उपप्रधान तथा परराष्ट्र मन्त्री भएको बेला उपलब्ध गराएको त्रिपक्षी सम्झौताले बेलायतसँग कानुनी लडाई लड्न सजिलो भएको बताए । उनले भने, ‘त्यो कपी उपलब्ध गराउने काम तत्कालीन उपप्रधान तथा पराराष्ट्रमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो । त्यसैको आधारमा हामी आन्दोलनको यो चरणसम्म आइपुगेका हौं ।’

सभापति राईले गोर्खा आन्दोलनको क्रममा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले अभिभावकीय भुमिका निर्वाह गरेको चर्चा गदै २४ बर्ष अघिको कुराले अहिले सम्म गोर्खा आन्दोलनको चरणसम्म आइपुग्दा निकै भाबुक समेत बनाएको बताए । उनले भने, ‘त्रिपक्षीय सम्झौताको आधारमा हामीले कानुनी लडाई लडेपछि बेलायतको सम्मानित अदालतबाट गोर्खाहरु यस देशका राष्ट्र सेवक हुन भन्ने गोर्खाहरुको पक्षमा फैसाला गरेको थियो ।’

सभापति राईले गोर्खाहरुको आन्दोलन फलदायी दिशातर्फ अगाडी बढेको पनि बताए । उनले गेसोको पहलमा संसदीय समिति समेत गठन भएको र फलस्वरुप नेपाल र बेलायतवीच सचिवस्तरीय बार्ता पनि भएको बताए । सचिवस्तरीय बार्ताले गोर्खाहरुको समस्या समाधान छिट्टै समाधान हुने विश्वास व्यक्त सभापति राईले बताए ।

उपसभापति धर्म तामाङको सभापतित्वमा भएको कार्यक्रम सचिवालय सदस्य नराहाङ राईले सञ्चालन गरेका थिए । स्वागत कोषाध्यक्ष देबीमाया पुनले गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७