गे-सेक्स उपन्यासकी लेखिकालाई १० वर्ष जेल, सामाजिक सञ्जालमा विरोध


४ मंसिर २०७५, मंगलवार
ge

काठमाडौं, ४ मंसिर । चीनमा गे-सेक्स (पुरुषहरुको समलिंगी यौन सम्बन्ध) मा आधारित उपन्यास लेख्दा एक जना लेखिकाले १० वर्ष जेल सजाय भोग्नु परेको छ ।

ge

लिउ नामकी लेखिकालाई ‘अश्लील सामग्री’ लेखेको र बिक्री गरेको आरोपमा चीनको अन्हुई प्रान्तको अदालतले १० वर्षको जेल सजायको फैसला गरेको हो ।

लिउले गे सेक्सका बारेमा लेखेको ‘अकुपेसन’ नामक उपन्यास प्रकाशन गरेपछि विवादमा आएकी हुन् । चीनमा पोर्नोग्राफी गैरकानुनी छ । ती लेखिकाको पुस्तक यौनजन्य क्रियाकलापमा आधारित भएर लेखिएको हुँदा त्यहाँको अदालतले उनलाई सजायको फैसला गरेको हो ।

अदालतले भनेको छ, ‘उपन्यास पुरुषको समलैंगिक सम्बन्धमा आधारित छ, जसमा फोहोरी यौन क्रियाकलापका बारेमा लेखिएको छ । कानुनभन्दा बाहिर गएर उपन्यास प्रकाशित गरेपछि लिउलाई १० वर्षको जेल सजाय तोकिएको हो ।’

लेखिकालाई दिएको सजाय अवधि लामो भएको भन्दै सोसल मिडियामा विरोध भइरहेको छ । बेइजिङ न्युजका अनुसार लिउले सफाइ माग गर्दै अदालतमा अपील दायर गरेकी छन् । लिउलाई ३१ अक्टुबरमा त्यहाँको पिपुल्स कोटले सजाय सुनाएको थियो ।

उक्त कुरा चिनियाँ मिडियामार्फत् यसै हप्ता बाहिर आएको हो । लिउको उपन्यास अनलाइनमा लोकिप्रय हुँदै गइरहेको बेला प्रहरीले यो खबर पाएको थियो ।

सरकारी न्युज संस्था ग्लोबल टाइम्सका अनुसार लिउको अक्युपेसनसहित अन्य यौन केन्द्रित उपन्यास ७ हजार प्रतिभन्दा बढी ब्रिक्री भएको थियो । उपन्यास ब्रिक्रीबाट लिउलाई डेढ लाख युआन फाइदा भएको थियो ।

writer jailed 20181120073947

विभिन्न सोसल मिडियाका प्रयोगकर्ताहरुले लिउलाई दिएको सजाय बढी भएको भन्दै विरोध जनाएका छन् । चीनको चर्चित विबो सोसल मिडियाका एक प्रयोगकर्ताले लेखेका छन्, ’ एक उपन्यासका लागि १० साल ? यो समय धेरै भएन र !’

अर्का एक सोसल मिडियाका प्रयोगकर्ता लेख्छन्,’ २०१३ मा एक पू्र्व कर्मचारीले ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ८ वर्षको सजाय पाएका थिए ।’ विबो सोसल मिडियाका अर्का प्रयोगकर्ताले लेखेका छन्,’ बलात्कारका दोषीलाई १० वर्षभन्दा कम सजाय मिल्छ । यीनलाई १० सालको सजाय मिल्यो ।’ हिन्दी बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७