मंसिर ५ गते सार्वजनिक विदा


४ मंसिर २०७५, मंगलवार
sarbjanik bida 1

धनुषा, ४ मंसिर । सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मंसिर ५ गते प्रदेश–२ मा सार्वजनिक बिदा दिने भएको छ ।

sarbjanik bida 1

सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रदेशसभा बैठक ४० दिनपछि
प्रदेशसभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर ७ गते बस्ने भएको छ । असोज २८ गते स्थगन भएको अधिवेशन लामो अन्तरालपछि बस्न लागेको हो ।

मंसिर ७ गते संसद्को बैठक डाकिएको प्रदेश सभामुख सरोजकुमार यादवले बताए । । सरकारले केही बिल टेबुल गराएकाले संसद्मा विजनेश रहेको सभामुख यादवले बताए ।

अन्य प्रदेशमा दोस्रो अधिवेशन समाप्त भइसकेको छ । बजेट अधिवेशन समाप्त भई हिउँदे अधिवेशन प्रारम्भ हुने समय नजिकिएको बेला प्रदेश नं २ मा भने जारी नै रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७