१९ वर्षीया युवतीसँग सेक्स प्रस्ताव राखेपछि आईलाग्यो यस्तो आपत…


४ मंसिर २०७५, मंगलवार
sex propose

काठमाडौं, ४ मंसिर । १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अस्ट्रेलियामा एक नेपालीलाई नेपाल फिर्ता पठाइने भएको छ । 

sex propose
सांकेतिक तस्विर

ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीया राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलाई घर छोड्ने क्रममा यौन प्रस्ताव राखेको बताइएको छ ।

युवतीले प्रस्ताव अस्वीकार गरेपछि इङनमले युवतीमाथि दुव्र्यवहार गरेका बताइएको छ । अस्ट्रेलियाको साउथ पोर्ट म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवाईमा उनलाई दुई मुद्दामा दोषी ठहर गरिएको छ । राजेन्द्र सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए ।

पीडित युवतीले अदालतमा बयान दिने क्रममा ड्राइभरको उक्त हर्कतबाट आफू अत्यन्तै विचलित भएको अझै त्यो सम्झेर रुने गरेको बताएकी थिइन् । राजेन्द्रका पक्षबाट मुद्दा लडेका वकिल निक म्याकघीले भने त्यो सामान्य दुर्व्यवहार मात्रै भएको तर्क गरेका थिए ।

यही दुव्र्यवहारको अभियोग लागेपछि राजेन्द्रको ९ वर्षे विवाह सम्बन्ध पनि टुटेको बताइएको छ । युवतीका तर्फबाट मुद्दा लडेकी अमालिया बेकर स्मिथले भने राजेन्द्रलाई एक वर्ष जेल सजायको माग गरेकी थिइन् ।

australia

अदालतले उनलाई १ वर्ष जेल सजाय समेत सुनाएको छ । तर राजेन्द्रलाई नेपाल डिपोर्ट गरिने हुँदा उनले जेलमा भने बस्न नपर्ने बताइएको छ । स्मिथले उबर ट्याक्सी डाइभरप्रति महिलाहरू विश्वस्त हुनुपर्ने बताएकी थिइन् ।

आफ्नो फैसला सुनाउँदै म्याजिस्ट्रेट जोन ह्वाइटले युवतीले राजेन्द्रमाथि विश्वास गरे पनि राजेन्द्रले गरेको दुर्व्यवहारले उनीप्रतिको विश्वास टुटेको बताउँदै उनलाई डिपोर्ट गर्ने निर्णय सुनाएका थिए । डेलिमेलबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७