सांसदको रक्सी उद्योगमा तालाबन्दी, प्रदूषण नियन्त्रण नगरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप


५ मंसिर २०७५, बुधबार
16 1

नवलपरासी, ५ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १७ पट्खौलीमा पर्ने अरुण डिष्टीलरी प्रालिको उद्योगबाट निस्केको फोहोरमैला र दुर्गन्ध नियन्त्रण नगरेपछि स्थानीय बासिन्दाले बुधबारदेखि तालाबन्दी गरिदिएका छन् ।  अरुण डिष्टिलरीबाट दुर्गन्ध र प्रदूषण फैलिदा स्थानीयबासीहरु पेट दुख्ने, वाकवाकी लाग्ने, बमिट हुने, उच्चरक्तचाप र छाला रोगको शिकार हुन थालेका छन् ।

16 2

दुर्गन्ध र प्रदूषण नियन्त्रण गर्न स्थानीयले पटक पटक माग गर्दा पनि उद्योगले सुनुवाइ नगरेपछि तालाबन्दी गरेका छन् । स्थानीयले तालाबन्दी गर्दा पनि प्रदूषण र दुर्गन्ध नियन्त्रणमा चासो नराखेपछि पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, रामग्राम नगरपालिकाका मेयर, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी लगायत प्रहरी प्रशासनका उच्च अधिकारीले उद्योगमा अनुगमन गरेका थिए । उनीहरुले उद्योगका कारण जनस्वास्थ्यमा असर परेको कुरामा गम्भीर भएको र छिट्टै न्याय दिलाउने आश्वासन दिएका छन् ।

10
उद्योगको फोहोरका कारण प्रदूषित नदी


अरुण डिष्टिलरीले जनस्वास्थ्यमा असर पर्नेगरी प्रदूषण र दुर्गन्ध फैलाउने काम गरेपछि नियन्त्रणका लागि स्थानीयले पटक पटक उद्योग प्रशासनसँग अनुरोध गर्दा सम्बोधन नभएपछि सराबलका सयौं जनसुमदायले उद्योगको मूल ढोकामा ताला लगाएका थिए । तालाबन्दीपछि आयोजित कार्याक्रममा प्रदूषण नियन्त्रणमा नआउन्जेल ताला नखोलिने स्थानीयले बताएका छन् । सुरुमा स्याउको जुस बनाउने भनी स्थानीयलाई झुक्याएर डिष्टिलरी खोलिएको गुनासो उनीहरुले गरेका छन् । करिब ५ बर्षदेखि दुर्गन्ध र प्रदूषणको असरले स्थानीयबासीमा स्वासप्रश्वासको समस्या, रगतमा खराबी, क्यान्सर जस्ता रोग देखिएको छ । डिष्टीलरीले उद्योगबाट निस्केको फोहोर खुल्ला रुपमा राख्ने र किसानहरुले सिंचाई गर्ने सार्वजनिक नदी, कुलोमा समेत फोहोर डम्पिङ गर्दा धान, गहुँ, तरकारी नष्ट भई लाखौं लाखको क्षति हुने गरेको स्थानीयको भनाइ छ । उद्योगका कारण किसानहरुको बालीनाली नष्ट भएको, बीउको जरिवाना माग्न जाँदा उद्योग संचालकले मार्ने धम्की दिएको गुनासो स्थानीयको छ ।

उद्योगका कारण प्रदूषित भएको पानी खाँदा पशुचौपायाहरु बिरामी हुनुका साथै मर्ने गरेका छन् । उद्योगको छेउमा रहेको मनरी स्कुलको जग्गा समेत डिष्टीलरीले अतिक्रमण गरी फोहोर फाल्ने गरेको छ । जसका कारण स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई समेत समस्या परेको छ । उद्योेग नजिकै ३ वटा विद्यालय छन् । यसअघि पनि स्थानीयले अरुण डिष्टीलरीले प्रदूषण र दुर्गन्ध नियन्त्रण गर्न दबाब दिन संघर्ष समिति बनाएका थिए । यसअघि प्रमुखजिल्ला अधिकारीसँग पटक पटक वार्ता हुँदा दुर्गन्ध नियन्त्रण गर्ने सहमति भएको थियो । उद्योगका प्रबन्ध निर्देशक सुवासचन्द्र अग्रवालले ६ महिनामा प्रदूषण नियन्त्रणका लागि ट्रिटमेन्ट प्लान्ट निर्माण गर्ने भन्दै भारतबाट २ वटा अत्याधुनिक मेसिन खरिद गरिसकिएको बताएका थिए । अरुण डिष्टीलरी संचालक प्रदेश ५ का सांसद बैजनाथ जैसवाल हुन् । 
नेपाली कांग्रेसका प्रदेश सांसद जयसवालको उद्योगले स्थानीयको स्वास्थ्यमात्र असर परेको होइन, गाइभैंसी र खेतमा समेत हानी पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले यसअघि दिएको निर्देशन अनुसार प्रदूषण नियन्त्रण नगरेपछि स्थानीय बासिन्दाहरु आक्रोसित छन् । प्रमुख जिल्ला अधिकारीले समेत उद्योगले अटेर गरेकाले केन्द्रबाटै अनुगमन टोली आएर वार्ता गर्ने भएको छ । अब स्थानीय आश्वासन होइन, प्रदूषण नियन्त्रण नभएसम्म तालाबन्दी नखोल्ने पक्षमा रहेका छन् । अरुण डिष्टीलरी उद्योगबाट फैलिएको दुर्गन्ध र प्रदूषणका कारण स्थानीयले पाएको दुःख र कष्टका केही तस्वीर यहाँ दिएका छौं ।

02
उद्योगबाट फैलिएको प्रदूषणले आजित स्थानीयबासी ।
03
उद्योगका कारण प्रदूषित नदीको पानी
11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७