प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउँदागाउँदै पूर्वसांसद पाख्रिनकाे निधन


५ मंसिर २०७४, मंगलवार
khusi ram pakhrin 1

काठमाडौं: प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, गायक तथा पूर्वसांसद खुसीराम पाख्रिन हृदयघात भएर मृत्यु भएको छ ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउने क्रममा पाख्रिनलाई हृदयघात भएको हो ।khusi ram pakhrin 1

उनी गीत गाउँदागाउँदै अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । तर, डाक्टरले ढिला भैसकेको बताएका थिए । अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टि गरेका छन् । भरतपुर ९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो । सोही सभालाई प्रचण्डपुत्र प्रकाशको मृत्युपछि श्रद्धान्जलीसभा परिणत गरिएको थियो ।
पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माअ‍ोवादीको बहुचर्चित चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गीत उनी पाख्रिनले लेखेका थिए ।
उनी पहिलो सविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।
वाम गठबन्धनले मङ्गलवार दाहालको श्रद्धाञ्जली सभा चितवनमा आयोजना गरेको थियो। श्रद्धाञ्जली सभामा भाग लिन एमाले र माओवादी केन्द्रका शीर्ष नेता चितवन पुगेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७