पूर्व राजाको ‘शाही आयोग’ खारेज गरेका पूर्व प्रधानन्यायाधिश गिरी अब रहेनन्


७ मंसिर २०७५, शुक्रबार
Kedar prasad giri

काठमाडौं, ७ मंसिर । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । पछिल्लो समय स्वास्थ्य समस्या झेल्दै आएका गिरीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा शुक्रबार दिउँसो निधन भएको हो ।

Kedar prasad giri

गिरीलाई उच्च रक्तचाप बढेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गिरी लामो समयदेखि उच्च रक्तचापसहितका रोगबाट पीडित थिए । गिरीको निधनको सर्वोच्च अदालतका मुख्य रजिस्टार राजन भट्टराईले पुष्टि गरेका छन् ।

गिरीको स्वास्थ्यमा समस्या देखिएपछि एक साता ग्रान्डी अस्पतालमा राखेर उपचार गरिएको थियो । ग्रान्डीमा उपचार सम्भव नभएपछि गिरीलाई नरभिक अस्पताल लगिएको थियो । गिरी सर्वोच्चका १८ औं न्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहेका थिए ।

उनका दुई श्रीमति, १ छोरी र ४ छोरा छन् । गिरी २०६४ साल असोज १८ देखि ०६६ साल बैशाख २४ गते सम्म प्रधानन्यायाधीश थिए । त्यसअघि उनी सर्वोच्च अदालतकै न्यायाधीश थिए ।

राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक व्यक्तिहरूमाथि छानविन गर्न भन्दै बनाएको शाही आयोग गिरीकै इजलासले खारेज गरेको थियो ।

०६१ माघमा ज्ञानेन्द्रले आयोग गठन गरेका थिए । उक्त आयोगविरूद्ध सर्वोच्चमा परेको रिटमाथि न्यायाधिश गिरी, मिनबहादुर रायमाझी लगायतको इजलासले सुनुवाइ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७