डीभी परेकालाई ठग्ने गिरोह राजधानीबाट समातियो (नामसहित)


५ मंसिर २०७४, मंगलवार
pakrau

काठमाडौं: विभिन्न राजनीतिक दलका शीर्षनेताहरु विदेश भ्रमणमा जाँदा मानवतस्करी हुने गरेको रहस्य प्रहरीले पत्तो लगाएको दाबी गरेको छ । महानगरीय अपराध महाशाखाले राजधानीबाट एउटा गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरु डीभी चिठ्ठा पर्नेहरुका लागि नक्कली सर्टिफिकेट बनाउने धन्दामा सक्रिय रहनुका साथै शीर्षनेताहरु विदेश जाँदा मानिसलाई अमेरिका लगायतका देशमा पठाउने धन्दामा पनि संलग्न रहेको प्रहरीको दाबी छ ।pakrau

पक्राउ परेका गिरोहका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दै महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘यसै समूहले विभिन्न राजनीतिक दलका शीर्षनेताहरु विदेश जाने समयमा आफ्ना केही व्यक्तिलाई डेलिगेट्स बनाई सँगै अमेरिका र अन्य देशहरुमा पठाउने र पठाएपश्चात लुकाई राखी प्रतिव्यक्ति १० लाखसम्म रकम असुल्ने गरेको समेत खुल्न आएकोले यसतर्फ समेत अनुसन्धान जारी राखिएको छ ।’

को को समातिए ?

अपराध महाशाखाका अनुसार नक्कली कागजात बनाउने लगायतका धन्दामा पक्राउ पर्नेहरुमा सिन्धुली तीन पाटनका रुद्र मोक्तान, ताप्लेजुङ खेवाङका भुवानीप्रसाद भट्टराई, कालीकोट तिलागुफाका विशालजंग शाही र सुरेशबहादुर शाही छन् ।

त्यसैगरी धरान ११ का विद्यार्थी अभय पोखरेल, स्कुयर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौं चण्डोलका अनिल श्रेष्ठ, मनमैजुका सन्तोष तिवारी र काभ्रेपलाञ्चोक महाभारतका देवराज तामाङ छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७