नेपाली कम्युनिष्ट आन्दोलनबाट विश्व कम्युनिस्ट आन्दोलनले के सिक्ने ?

विष्णु रिजाल


९ मंसिर २०७५, आईतवार
Bishnu Rijal nepal

ग्रीसको राजधानी एथेन्समा विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २० औं अन्तरराष्ट्रिय बैठक जारी छ । बैठकमा ७३ देशका ९१ पार्टी सहभागी छन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले धारणा राखेका छन् । रिजालका अनुसार नेपाल कम्युनिस्ट पार्टीले नेपालमा हासिल गरेको सफलता र पार्टी एकताप्रति विश्वभरका कमरेडहरूमा गहिरो चासो र जिज्ञासाहरू छन् । नेपाली टोलीलाई बैठकमै, बैठकको बीचमा र होटलमा भेटेर जिज्ञासा राख्ने र शुभकामना दिनेहरूको उत्तिकै भिड छ ।
बैठकमा केन्द्रीय सदस्य रिजालले नेपालमा कम्युनिष्ट पार्टीको अवस्था र आन्दोलन बारे जानकारी दिएका थिए । उनले बैठकमा राखेको धारणाको पूर्ण पाठ :

Bishnu Rijal speech

कार्यक्रमका अध्यक्ष कमरेड,
कार्यक्रममा भाग लिन विश्वभरबाट आउनुभएका कमरेडहरु,

विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका अग्रदूत गौतम बुद्ध र चुनावबाट कम्युनिस्टहरुले बर्चश्व हासिल गरेको पछिल्लो उदाहरणका रुपमा रहेको मुलुक नेपालका तर्फबाट क्रान्तिकारी अभिवादन व्यक्त गर्न चाहन्छु ।

Bishnu Rijal nepal

स्थापनाको सय वर्ष पार गरेकोमा म कम्युनिस्ट पार्टी अफ ग्रीसलाई बधाई दिन चाहन्छु र यस ऐतिहासिक अवसरमा विश्वभरका कम्युनिस्ट तथा श्रमिक पार्टीका नेताहरुलाई बोलाएर यति सुन्दर कार्यक्रम आयोजना गरेका ग्रीसका कमरेडहरुलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा कम्युनिस्ट पार्टी अफ ग्रीसले सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।

हामी माक्र्सवादको सिर्जनात्मकप्रयोगमा विश्वास राख्छौँ । त्यसैले आआफ्नो मुलुकमा यसको प्रयोग, विकास र अनुभवहरुलाई अहिलेको सन्दर्भमा आपसमा बाँड्नका लागि यहाँ उपस्थित भइरहेका छौँ । महान् चिन्तक कार्ल मार्क्सले करिब पौने दुई सय वर्षअघि प्रतिपादन गरेको सिद्धान्त आज पनि कति बलशाली छ भन्ने कुरा यसैबाट थाहा हुन्छः सिंगो विश्व अहिले पनि याउहाँको विचारको पक्ष वा विपक्षमा विभाजित छ । 

वास्तवमा भन्दा कार्ल माक्र्सकोविचार थेसिस हो भने त्यसका विकल्पमा अघि सारिएका विचारहरु एन्टि थेसिस मात्र हुन्। श्रमजीवी वर्गप्रतिको अगाथ विश्वास, उनीहरुको मुक्तिका लागि समर्पण रसमाजवाद प्राप्तिका लागि कष्टसाध्य प्रयत्न नै मार्क्सवाद लेनिनवादले हामीलाई निरन्तर हिँड्न सिकाइरहेको बाटो हो ।

यस बाटोमा हामी आ-आफनो मुलुकमा जति योग्यता, कुशलता रसिर्जनशीलताका साथ हिँड्न सक्छौँ, मार्क्सवाद लेनिनवादप्रतिको हाम्रोनिष्ठा त्यति नै मुखर हुँदै जान्छ भन्नेमा हामी विश्वस्त छौँ । 

श्रमजीवी वर्गप्रतिको शोषण, दमन र उत्पीडन कमभएको छैन, स्वरुप बदलिएको छ । युद्धका नयाँ नयाँ आयामहरु देखा परिरहेका छन् । हिजो जस्तो सीधै अर्को मुलुकमाथि उपनिवेश कायम गर्ने अवस्था नभए पनि आफ्नास्याटालाइट राष्टका रुपमा कमजोर,साना, गरिब र कम विकसित राष्टमाथि अधिपत्यकायम गर्ने अभ्यास जारी छ । आणविक हतियारको होड, व्यापारका नाममा बजारमार्फतअर्थतन्त्रमाथि कब्जा र प्राकृतिक सम्पदाहरुको दोहन आज विश्वव्यापी समस्याका रुपमाहाम्रा अगाडि उभिएको छ ।

Comunist

प्यालेस्टाइन र सिरियामाथिको हमला, क्युवा, उत्तर कोरिया, भेनेजुयला जस्तामुलुकहरु माथिको बर्षौंदेखिको नाकाबन्दी, चीनसँग निहुँ खोजेर उब्जाइएको व्यापार संकट साम्राज्यवादी हर्कतका केही ज्वलन्त नमुना हुन् ।

सोभियत संघ र पूर्वीयुरोपमा समाजवादले धक्का खाएपछि विजय महसुस गरेको पुँजीवादले आफ्नो क्रुर पञ्जा साम्राज्यवाद मार्फत विश्वभर फैलाइरहेको छ । त्यसका विरुद्ध संसारभरका श्रीमजीवी, प्रगतिशील रक्रान्तिकारी जनता तथा तिनका शक्तिहरुका बीचमा अझ बढी एकता, समन्वय र सहकार्यथप अनिवार्य बनेको छ । मेरो विचारमा यस दिशामा आज हामी यहाँ जम्मा भएका विश्वभरका कम्युनिस्ट तथा श्रमिक पार्टीका प्रतिनिधिहरुको ध्यान पुग्नुपर्छ र तदनुकूलको वातावरण निर्माण गर्न आवश्यक छ । 

मैले माथि नै उल्लेख गरेको छु, हामीलाई हाम्रो सिद्धान्तले सिर्जनशील हुन, आ-आफ्नो राष्टिय परिस्थिति अनुकूल चल्न र आफ्ना मौलिकताहरुमा ध्यानदिन सधैँ प्रेरित गर्दै आएको छ । यही मान्यतालाई हामीले नेपालमा गहिरो गरी आत्मसात गरेका छौँ र मार्क्सवाद लेनिनवादको मौलिक प्रयोग गरेका छौँ । नेपालका दुई ठूलाकम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर निर्मितनेपाल कम्युनिस्ट पार्टीसँग सशस्त्र संघर्ष र शान्तिपूर्ण संघर्ष दुबैको अनुपमअनुभव छ ।

Bishnu Rijal 2

एकता नहुँदैदेखि सहकार्यका माध्यमबाट हामीले नेपालमा २ सय ४० वर्षपुरानो शाह राजतन्त्रको अन्त्य,मुलुकको समान विकासका लागि संघीयप्रणालीको अवलम्बन, सबै जनतालाई समानताको महसुुस गराउन धर्मनिरपेक्षता घोषणा जस्तायुगान्तकारी कामहरु गरेका छौँ । कम्युनिस्ट पार्टीकै नेतृत्व र पहलमा संविधानसभाबाट नयाँ संविधान जारी गर्दै हामीले संविधानमै नेपालाई समाजवाद उन्मुख राष्टका रुपमा संस्थागत गरेका छौँ ।

समयको पावबन्दीले मैले धेरै कुरा उल्लेख गर्नसकिनँ, सुन्दा सामान्य लागे पनि दशक लामो सशस्त्र संघर्षलाई शान्तिपूर्ण अवसरका रुपमा रुपान्तरण गरेर मुलुकलाई नयाँ दिशामा लैजाने काम चुनौतीपूर्ण थिएन । तर, हामीले सफलताका साथ यो काम सम्पन्न गरेका  छौँ र आज सगरमाथाजस्तै उँचो शिर बनाएर तपाईं विश्वभरका कमरेडहरुका सामु भन्न भएका छौँ, हामीले विश्वको कम्युनिस्ट आन्दोलनमा नयाँ योगदान गरेका छौँ, नयाँ उदाहरण देखाएका छौँ । 

Bishnu Rijal

२०७४ असोज १७ गते आसन्न प्रादेशिक रसङ्घीय निर्वाचनमा गठबन्धन बनाएर जाने र निर्वाचनलगत्तै एकता गर्ने घोषणा गरेकादुई पार्टी २०७४ फागुन ७ गते पार्टी एकताका आधारहरुका बारेमा सहमतिमा पुगेका थिए । त्यसपछि राजनीतिक दस्तावेज र विधान निर्माण गरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष केन्द्रीय नेतृत्व निर्माण गरेको छ ।

नेकपा (एमाले) ले अवलम्बन गर्दै आएको जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गर्दै आएको माओवाद तथा एक्काइसौँ शताब्दीको जनवादलाई हाल थाँती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको छ र एकमत हुन नसकेका विषयहरुलाई आगामी दुई वर्षभित्र महाधिवेशन आयोजना गरी त्यसै मार्फत समाधान गर्ने सहमति भएको छ।

एकतापछि हामी विश्वकै बलियाकम्यृनिस्ट पार्टीहरुमध्येको एक बनेका छौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा १ सय ७५ (६३ दशमलव ६३ प्रतिशत), ५९ सदस्यीयमाथिल्लो सदन राष्ट्रिय सभा (राष्ट्रपतिबाट मनोनीत तीनजना बाहेक ५६) मा ३९ (६९दशमलव ६४ प्रतिशत), सातवटा प्रदेशसभाका ५ सय ५० सदस्यमध्ये ३ सय ५१ (६३ दशमलव ८१प्रतिशत) सदस्य पदमा विजय हासिल गरेको छ ।

यसैगरी, ७ सय ५३ स्थानीय तहमा निर्वाचित ३५हजार ४१ जनप्रतिनिधिमध्ये नेकपाले महानगर, उपमहानगर र नगरपालिका प्रमुख १ सय ५७, उपप्रमुख १ सय ६६, गाउँपालिका अध्यक्ष२ सय ४३, उपाध्यक्ष २ सय ५१, वडाध्यक्ष २ हजार ४ सय २६, महिला सदस्य ४ हजार९ सय ४०, दलित महिला सदस्य ३ हजार ७ सय १० र खुल्ला सदस्य ७ हजार ४ सय १४गरी १९ हजार ५ सय ४० (५५ दशमलव ७६) जितेको छ ।

कमरेड केपी शर्मा ओलीकोप्रधानमन्त्रीत्वमा सङ्घीय सरकार निर्माण गरेको पार्टीबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाकासभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष निर्वाचित हुनुभएको छ । सातमध्येछ प्रदेशमा नेकपाको दुई तिहाई बहुमतको सरकार छ भने एक प्रदेशमा सबभन्दा ठूलोपार्टीका रुपमा स्थापित भएको छ ।

मार्क्सवाद–लेनिनवादलाईमार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गरेको नेकपा आफ्नो सैद्धान्तिक अवधारणाबारेस्पष्ट छ । २०७५ जेठ ३ गते जारी संयुक्त घोषणामा उल्लेख छ, ‘नेकपा (एमाले) लेअवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरि आएको एक्काइसौँ शताब्दीमा जनवाद सम्बन्धी सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ । 

यिनै वैचारिक मान्यताहरू अनुरूप प्राप्त उपलब्धिहरूको रक्षा रविकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिकरूपान्तरण मार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिकोदिशामा हामी अग्रसर रहनेछौँ । साथै, नेपाल कम्युनिस्ट पार्टी स्थापनागर्दा देखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरूदृढ रूपले प्रतिबद्ध रहनेछौँ ।’

जनतामाथि विश्वास र भरोषा गर्दैजनअनुमोदन प्राप्त गरेर सबभन्दा ठूलो दल बनेको नेकपाको मान्यता छ, ‘शान्तिपूर्णप्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्रन्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिकनिर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षकोसंवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य– मान्यतामाप्रतिबद्ध छ ।’

माछाका लागि पानी जस्तै कम्युनिस्ट पार्टीका लागि जनता नै सर्वेसर्वा हुन् । हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा प्रयोग गरेको र सिकेको कुरा के हो भने जनतासँगको सम्बन्ध जति घनिष्ट बनाउन सक्छौँ, हाम्रो भविष्यत्यसैमा निर्भर छ ।

मार्क्सवादको उद्गमस्थल यस युरोपको भूमिमा उभिएर बोल्दा मनेपाल कम्युनिस्ट पार्टीका तर्फबाट यही कुरामा सोच्न सबै कमरेडहरुलाई अपिल गर्दछु। आ-आफ्नो देशमा कम्युनिस्ट पार्टीलाई बलियो र लोकप्रिय बनाएर मात्रै हामीले श्रमजीवी वर्गको हितलाई प्रबद्र्धन गर्न सक्छौँ, साम्राज्यवादी ताकतसँग लड्न सक्छौँ, सबै प्रकारका शोषणहरुलाई समाप्त पार्न सक्छौँ, विश्वमा शान्ति कायम गर्न सक्छौँ र समाजवाद स्थापना गर्न सक्छौँ ।

नेपालका तर्फबाट यही दृढता दोहोर्याउँदै मेरा कुरा ध्यानपूर्वक सुनिदिनुभएकोमा सबै कमरेडहरुप्रति आभार प्रकट गर्दछु र आयोजक कमरेडहरुलाई यस सुन्दर आयोजनाका लागि पुनः हार्दिक धन्यवाद दिनचाहन्छु । 

मार्क्सवाद लेनिनवाद अमर रहोस् !
हाम्रो यात्रा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७