बैठकमा उपाध्यक्ष रेणु नै रोएपछि…


१० मंसिर २०७५, सोमबार
Renu Yadab Forum

काठमाडौं, १० मंसिर । पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् ।

Renu Yadab Forum

माफीसँगै उनलाई कार्बाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता लिएको छ ।
गत बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कार्बाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाई छ । तर, यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन् ।

पार्टी केन्द्रीय समितिले दिएको निदेर्शनलाई उल्लंघन गरी रेणुले गत असोज ३ मा कालो दिवस मनाउने निर्णय गरेकाले उनलार्य कार्बाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए ।

केन्द्रिय समितिले दिएको निर्देशनलाई ठाडो उल्लंघन गर्नु भनेको पार्टीमा अनुशांसनहीनता ल्याउनु हो, त्यसैले रेणुमाथि कार्बाही होस्, स्रोतका अनुसार अधिकारीले बैठकमा प्रस्ताव राखेका थिए ।

बैठकमा यस्तो प्रस्ताव आएपछि रेणु केहीबेर रोईन्
पार्टीका लागि अफूले गरेको योगदानबारे व्याख्या गर्दै उनले राजीनामा दिने घोषणा गरिन्, स्रोतले भन्यो, त्यसपछि उनले हस्ताक्षर नगरिएको राजीनामा पार्टी अध्यक्ष यादवलाई बुझाइन् र त्यहाँबाट हिँडिन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७