टी–१० मा सन्दिपको उत्कृष्ट प्रदर्शन, केरला र राजपुतले बाँडे अंक


१० मंसिर २०७५, सोमबार
sandeep

काठमाडौं, १० मंसिर । यूएईमा जारी टी–१० लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेको टोली केराला किंग्स र राजपुतविरूद्धको खेल वर्षाले रद्द भएको छ ।

sandeep

लिग अन्तर्गत समूहको तेस्रो खेलमा आइतबार राति युएईको शारजहाँस्थित शारजाह क्रिकेट मैदानमा किंग्स र राजपुतबीच खेल भइरहँदा वर्षा भएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजपुतले ९ ओभरमा ५ विकेट गुमाएर ९४ रन जोडेको अवस्थामा पानीले खेल अवरुद्ध भएको थियो । वर्षा नरोकिएपछि खेल रद्द भएपछि दुबै टोलीले अंक बाँडेका छन् ।

यद्दपी सन्दिपले आफ्नो दुबै ओभर बलिङ गर्दै २ विकेट लिएका थिए । त्योसँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा प्रविन ताम्बेसँगै शीर्ष स्थानमा पुगेका छन् । सिध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिँदै सन्दिप सर्बाधिक विकेट लिने बलर बनेका हुन् ।

केरालाको टोलीमा भने सन्दिप सर्वाधिक विकेट लिने बलर हुन् । सन्दिप ६ विकेटसहित टोलीको शीर्ष स्थानमा हुँदा दोस्रो स्थानमा रहेका उनका सहकर्मी फावियन अलिन (वेस्ट इण्डिज) ले २ विकेट लिएका छन् ।

केरलाले खेलेका तीन खेलमा लिएको ९ विकेटमा सन्दिप एक्लैले ६ विकेट लिएका हुन् । सन्दिपले प्रतियोगितामा ६ ओभरमा ५४ रन खर्चिएका छन् । आइतबार राति राजपुतविरुद्धको खेलमा सन्दिपले आफ्नो दुई ओभरमा २ विकेट लिएका हुन् ।

पहिलो ओभरमा राजपुतका कीर्तिमानी मोहम्मद सेहजादको १ रनमा आउट गराएका सन्दिपले आफ्नो दोस्रो ओभरमा कार्लोस ब्राथवेटलाई पनि १ रनमै आउट गराए । राजपुतविरुद्ध केरला किंग्सबाट पहिलो ओभर लिएर आएका सन्दिपले पाँचौ बलमा शेहजादलाई एक रनमै क्याच आउट गराएका थिए ।

शेहजादले प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिंध्दिजविरुद्ध १६ बलमा ७४ रनको नटआउट पारी खेल्दै कीर्तिमान रचेका थिए । १२ बलमै अर्धशतक बनाएका उनी टी टेन क्रिकेटमा सबैभन्दा छिटो ५० रनको कीर्तिमान बनाउने खेलाडी बनेका थिए ।

यस्तै खेलको सातौं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दिपले तेस्रो बलमा ब्रेथवेटलाई किरण पोलार्डको हातबाट क्याच गराए ।

पहिलो ओभरमा ६ रनमात्रै दिएका सन्दीपको दोस्रो ओभरमा सन्दिपले दुई छक्का र एक चौकासहित १७ रन दिए । साविक विजेता समेत रहेको केराला किंग्स अंकतालिकामा समूह एको तेस्रो स्थानमा छ । तीन खेल खेल्दा उसले एकमा हार र एकमा जीत निकाल्दै ३ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७