निर्मलाका बुबाको उपचारका लागि डा. भट्टराईको एक लाख सहयोग


१० मंसिर २०७५, सोमबार
nirmala 1

काठमाडौं, १० मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तको उपचारका लागि पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

nirmala 1

छोरीको हत्यारा पत्ता लगाउनु पर्ने माग राख्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइरहेका बेला मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका पन्तलाई भेटेर भट्टराईले सोमवार उक्त सहयोग प्रदान गरेका हुन् ।

नयाँ शक्तिका अभियान्ताद्वय अस्ट्रेलिया निवासी अनिल पाण्डे र सरिता भट्टराईले पठाएको सहयोग रकम भट्टराईले निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हस्तान्तरण गरेका हुन् ।

त्यसक्रममा पन्त दम्पतीप्रति सहानुभूति दर्शाउँदै नेता भट्टराईले यतिका समयसम्म पनि हत्यारा पत्ता नलगाउनु सरकार र प्रहरी प्रशासनको गम्भीर लापर्वाही भएको बताए । उनले दोषी पहिचान र कार्वाहीका लागि आफूहरूले दबाब दिने आश्वासन पनि दिएका छन् ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका बुवा यज्ञराज छोरीका लागि न्याय माग्दै धर्नामा बसेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७