४३ हजारले लिए स्मार्ट लाइसेन्स


१० मंसिर २०७५, सोमबार
smart licence

कैलाली, १० मंसिर । आर्थिक वर्ष २०७४-७५ को साउन महिनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

smart licence

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५-७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करीब ६७ हजार जनाले आवेदन दिएका थिए । सोही अवधिसम्म ४२ हजार आठ सय ७६ थान लाइसेन्स वितरण गरिएको छ ।

उनले शुरुवातमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि हाल भने नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपी बनाउने, थप सवारी चालक अनुमति पत्र बनाउने लगायतलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आएको बताए ।

त्यसैगरी सेती अञ्चल यातायात कार्यालयले चालु आवमा हालसम्म झण्डै रु १२ करोड राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट रु १२ करोड ३८ लाख ७५ हजार राजश्व सङ्कलन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७