लाहुरे बन्ने धुनमा पढाइ डामाडोल


६ मंसिर २०७४, बुधबार
gurkha army traing
फाइल तस्बिर

धरान : ताप्लेजुङको सोबुवा हाम्पाङमा जन्मिएका राजीव सुब्बा एक दशकअघि धरानमा स्नातक पढ्दै थिए। पढाइ अब्बल थियो। सँगैका केही साथीभाइ भने ब्रिटिस आर्मीमा भर्ती लागेर जाँदै थिए। उनलाई पनि ‘ट्राई’ गर्न मन लाग्यो। त्यसपछि बिहान–बेलुकी दौडनु, कसरत गर्नु उनको दिनचर्या बन्यो।
gurkha army traing
पूर्वी क्षेत्रको गल्ला, इ–यारो छनोट पार गर्दै उनी पहिलो प्रयासमा नै ‘सेन्ट्रल सेलेक्सनु का लागि पोखरा पुगे। यो सन् २००३ को कुरा हो। पोखरा पुगेपछि ब्रिटिस आर्मीमा भर्ती भएर जाने उनको आशा थप बलियो बन्यो। तर, २५ किलो भारीको डोको बोकेर उकालो दौडनुपर्ने छनोटमा उनी असफल भए। घरबाट मनभरि आशा र उत्साह बोकेर हिँडेका उनीसँग फर्कंदा असफलता र निराशा मात्रै थियो, दिमाग शून्य। यो अवधिसम्म उनको ५ महिनाको पढाइ छुटिसकेको थियो। त्यसपछि पढ्न मनै लागेन, त्यस साल परीक्षा नै दिएनन्। उमेर छँदै थियो, पोखरा पुगेको अनुभव पनि भयो। अर्को वर्ष त जसरी पनि छानिन्छु भन्ने लाग्यो। त्यसैले पढाइ छाडियो, ‘एक दशकअघिको घटना स्मरण गर्दै ३० वर्षीय सुब्बाले भने. ‘दिमागमा ब्रिटिस आर्मी हुनेबाहेक केही सोच आएन तर लाहुरे हुन पनि सकिएन।’
उमेर छउन्जेल उनले तीनचोटि प्रयास गरे तर सधैं असफल। त्यति बेलासम्म पढाइ चौपट भइसकेको थियो। भर्ती छनोटमा फेल हुँदाको हीनताबोधले मन पिरोल्थ्यो। धन्न उनी तारतम्मे मिलाएर २०१० मा हङकङ जान सफल भए। दुई बर्ष बसेर धरान फिरेका छन् र पुतलीलाइनमा एक रेस्टुरेन्ट चलाइरहेका छन्। तर, अरू थुप्रै युवकले ब्रिटिस आर्मी हुने ध्याउन्नमा पढाइ छाडेर भविष्य बिगारिसकेका छन्। अनि अरू थुप्रै युवक अहिले त्यही लाइनमा छन्। अचेल उनकै पसलअघिबाट दशकअघिझैं बिहान बेलुकी सयौं युवा दौडन्छन्, मात्रै अनुहार फरक छ। ‘कोटा सीमित हुन्छ, भिड्ने हजारौं हुन्छन्। पास हुनेको त जिन्दगी बन्छ तर फेल हुनेको भविष्य अन्धकार हुन्छ’ अहिले उनी चुकचुकाउँदै भन्छन्, ‘लाहुरे भिडे पनि पढाइ छोड्न नहुने रैछ। त्यहाँ असफल भएपनि अरू क्षेत्रमा केही गर्न सकिन्छ।’
मोरङ, पथरीका २० वर्षीय रमेश राई ‘नाम परिवर्तन’ को पनि लाहुरे हुने सपनाले पढाइ बिग्रिए। एकपटक छाती नपुगेर गल्ला फर्म भर्न नपाएका उनी दोस्रोपटक (गत वर्ष) सेन्ट्रल सेलेक्सनको फिल्टरमा पुगेर फालिए। फुटबलका राम्रो खेलाडी उनलाई विराटनगरस्थित एक कलेजले खेलकौशलकै कारण छात्रवृत्तिमा पढाउदै थियो। अहिले पनि उनी पढाइ र खेल माया मारेर ब्रिटिस आर्मी हुने ध्याउन्नमा छन्। लाहुरे नबने के गर्नेरु जवाफमा उनी भन्छन्–ुजसरी पनि पैसा कमाउने हो, भाग्यले साथ दियो भने केही सिक्छु। नत्र खाडीतिरै भए पनि जानुपर्ला।’
उनीसँगै गत वर्ष फालिएका धरान–८ का अमर राई (नाम परिवर्तन)ले पनि १२ पढ्दापढ्दै अध्ययन टुटाइसकेका छन्। उनी पनि यसपालि अन्तिम पटक प्रयास गर्दैछन्। ‘यसपालि त छानिन्छु कि भन्ने छ, त्यसैले पढाई माया मारेको हुँ। कलेज जाने समय नै हुँदैन,’ एसएलसी फस्ट डिभिजनमा उत्तीर्ण गरेका उनी भन्छन्। छनोट प्रक्रियामा फिल्टर भनेको सबै परीक्षा पास भएर पनि अन्तिममा बिनाकारण फालिन सक्ने चरण हो। जहाँबाट युवालाई गोराले अन्तिममा ुब्याडलकु भन्दै घर फकाईदिन्छन्।

बर्सेनि हजारौं युवा ब्रिटिस आर्मीको छनोट प्रक्रियामा भाग लिन्छन्। तर, सीमित कोटा भएकाले अवसर पनि सीमितले मात्रै पाउँछन्। सफल भएकाहरुको भाग्यको ढोका खुल्छ। तर, बाँकीको भविष्य भने डामाडोल हुन्छ। एसएलसी उत्तीर्ण र साढे १७ वर्षदेखि साढे २१ वर्ष नकटेका युवाले छनोटमा भाग लिन पाउँछन्। त्यसैले एसएलसी दिएलगत्तै युवा भर्तीको तयारीमा जुटिहाल्छन्, पढाइ प्राथमिकतामा नै पर्दैन। मासिक १ लाखबढी तलब, अवकाशपछिको आकर्षक पेन्सन र आवासीय भिसाले गर्दा युवामा ब्रिटिस आर्मीको आकर्षण बढ्दो छ। सामान्य सिपाहीको पेन्सन ३० हजार र गोर्खा मेजरको १ लाख पुग्छ।
‘भर्खर एसएलसी पास गरेकाहरू लाहुरे हुने जोसमा पढाइ वास्तै गर्दैनन्, वास्तवमा उनीहरूको भविष्य सुरक्षित भने छैन,ु एक टे्रनिङ सेन्टरका पूर्वसञ्चालक राजेन्द्र राई भन्छन्, ‘एकदमै प्रतिस्पर्धा हुन्छ, अन्तिममा जो विशेष जेहेनदार र क्षमतावान् छ, ऊ मात्रै छानिन्छ। जो फेल हुन्छ, उसले केही सिक्ने समय गुमाइसकेको हुन्छ। उसमा निराशा, डिप्रेसनबाहेक केही हुँदैन।’ अन्तिममा खाडीमा गएर मजदुरी गर्नुको विकल्प नहुने उनको भनाइ छ। राईले ०५९ देखि ०६५ सालसम्म धरानमा चलाएको ट्रेनिङ सेन्टरमा २ हजार ५ सय युवाले प्रशिक्षण लिएका थिए। यो सात वर्षको अवधिमा १ सय ५० जना मात्रै लाहुरे छानिए। उनी भन्छन्–ुजोजो छानिए, उनीहरूको भविष्य त सप्रियो। तर, नछानिनेहरू धेरै योग्यता अभावले बेरोजगारै छन्। कति खाडी मुलुकमा श्रम गर्दैछन्।’ ब्रिटिस आर्मीमा असफल कति युवा भारतीय सेनासँगै नेपाल आर्मी र पुलिसमा पनि भिड्छन्। तर, उमेर उमेर घर्किसकेकाले यता पनि अवसरको ढोका बन्द भइसकेको हुन्छ।
धरानमा हाल सञ्चालनमा रहेका १८ टे्रनिङ सेन्टरमा २५ सयबढी युवा अभ्यासमा रहेको अनुमान छ। घरमै अभ्यास गर्नेको संख्या पनि उत्तिकै हुन्छ। उपत्यकापूर्वका २६ जिल्लाको गल्ला छनोट धरानमा र पश्चिम क्षेत्रको पोखरामा हुन्छ। पूर्वको गल्ला फारम सम्पन्न भइसकेको छ भने पश्चिमको पोखरामा जारी छ। ब्रिटिस क्याम्पका एक अधिकारीका अनुसार यो वर्ष पूर्वमा ब्रिटिस आर्मीका लागि १ हजार ४ सय ४ जना र सिंगापुर पुलिसका लागि १ हजार १ सय ११ जनाले मात्रै फारम दर्ता गरेका छन्। गत वर्ष भने ब्रिटिस आर्मीमा १ हजार ४ सय १४ र सिंगापुरमा १ हजार २ सय ३४ जनाले फारम भर्न पाएका थिए। फारम भर्न आउनेको संख्या ६–७ हजार पुग्ने भए पनि त्यही बेला डकुमेन्ट र शारीरिक कसरतमा नै धेरै ुरिजेक्टु हुने ती अधिकारी बताउछन्। उनी पनि लाहुरे हुने धुनमा युवाले पढाइ बिगारेकोमा चिन्ता व्यक्त गर्छन्। ुउमेर भइन्जेल प्रयास गछनर््, कति भारतीय सेनामा र कोरियातिर जाँदा रहेछन। हामी पढाइ नबिगार भनेर सम्झाउँछांै,ु ती अधिकारीले भने। उनका अनुसार यो वर्ष पूर्व र पश्चिम क्षेत्रबाट गल्ला र इ–यारो पार गरेका ५ सय युवा सेन्ट्रल सेलेक्सनका लागि पोखरा पुग्छन्। तीमध्ये ब्रिटिस आर्मीमा २ सय र सिंगापुर पुलिसमा जम्मा ६० जना मात्रै भर्ती हुनेछन्।
ब्रिटिस गोर्खा भूपू सैनिक संघका सुनसरी अध्यक्ष एवं नेपाल च्याप्टर संगठन प्रमुख गजेन्द्र इस्पो अहिले लाहुरे बन्ने युवाको चाहना समाज र अभिभावकको चिन्ताको विषय बनेको स्विकार्छन्। ‘बेरोजगारी समस्याले भर्ती बाध्य हो भनिन्छ तर कोटा एकदमै सीमित छ, भर्तीका नाममा युवा पढ्नै छोड्छन्,’ उनी भन्छन्, ‘भर्ती नै सबथोक होइन,पढाइ नछाड्ने सोच बनाउन जरुरी छ।’
गोर्खा भर्ती सुरु भएको सन् २०१५ मा २ सय वर्ष पुग्दै छ। पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट ६० हजारबढी नेपाली युवाले ज्यान गुमाएको अनुमान छ। त्यति बेला अहिलेजस्तो प्रतिस्पर्धा गरेर होइन, खोजीखोजी युवा भर्ती गराइन्थ्यो। गणतन्त्र स्थापनापछि गोर्खा भर्ती बन्द गर्नुपर्ने आवाज राजनीतिक वृत्तमा पनि उठे पनि यसको आलोचना भएको थियो। समाजसेवी एवं पूर्वगोर्खा सैनिक ७० वर्षीय रमेश राई गोर्खा भर्ती बन्द गर्नु आवश्यक भए पनि तत्काल बन्द गर्न नहुने तर्क राख्छन्। ‘सीमितको भविष्य बन्छ र हजारौंको बिग्रन्छ। तर पनि यसलाई तत्काल बन्द गर्नु हुदैन, २० या २५ वर्ष तोकिनुपर्छ। यसरी अवधि तोकिँदा पछिल्लो पुस्ताका युवाले यतातिर ध्यान दिन छाडिसकेका हुन्छन्।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७