आग्लोले हानेर श्रीमतीको हत्या


११ मंसिर २०७५, मंगलवार
hatya 1 2

दोलखा, ११ मंसिर । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।

hatya 1 2

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्या गरेलगत्तै तामाङ फरार छन् ।

उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताएका छन् । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७