नेकपा अध्यक्ष प्रचण्डको समाचार लेख्ने सम्पादक पक्राउ


१२ मंसिर २०७५, बुधबार
pakrau 1 1

काठमाडौं, १२ मंसिर । झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् ।

pakrau 1 1

महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

चन्द्रविरुद्ध उजुरी नपरे पनि महाशाखाको नियमित मोनिटारिङका आधारमा उक्त समाचार भ्रमपूर्ण भएको प्रमाण फेला परेपछि पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी नरेन्द्र चन्दले बताए । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७