उपत्यकामा अब यातायातमा जोर बिजोर प्रणाली, कुन दिन कसको पालो ?


१२ मंसिर २०७५, बुधबार
gadi

काठमाडौं, १२ मंसिर । एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ ।

gadi

गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ र १५ गते बिजोर र मंसिर १४ तथा १६ गते जोर अंकका सवारीसाधन सञ्चालन गर्न पाइने छ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागि हुने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७