च्याम्पियन्स लिगमा बनाए नयाँ कीर्तिमान, रोनाल्डोले तोडे आफ्नै कीर्तिमान


६ मंसिर २०७४, बुधबार
4695A23200000578 0 image a 66 1511298658477

काठमाडौं: रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोल च्याम्पियन्स लिग फुटबलमा आफ्नै कीर्तिमान भंग गरेका छन् । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा साबिक विजेता रियल मड्रिडले एपोइल निकोसियालाई ६–० ले हरायो ।4695A23200000578 0 image a 66 1511298658477

अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई प्रभावशाली जित दिलाउने क्रममा करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे । रियलले पहिलो हाफमा चार गोल गर्‍यो भने दोस्रो हाफमा थप दुई गोल । यो सिजन ला लिगामा गोलका लागि संघर्ष गरिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गरेका छन् । उनले मंगलबार रातिको खेलमा दुई गोल गरे ।4695A20900000578 0 image a 62 1511298288199

रोनाल्डो र बेन्जिमा चम्किए

ला लिगामा एक गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका पाँच खेलमा ८ गोल गरेका छन् । उनी एक वर्षभित्र च्याम्पियन्स लिगमा १८ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । गएको सिजन च्याम्पियन्स लिगमा १२ गोल गरेका रोनाल्डोले यो सिजन ८ गोल गरिसकेका छन् । गएको सिजनका १२ गोलमा सन् २०१७ मा रोनाल्डोल १० गोल गरेका थिए । यस्तै यो सिजन गरेका ८ गोलसहित सन् २०१७ मा रोनाल्डोले १८ गोल गरेका छन् । उनले यसअघि एक वर्षमा रोनाल्डोले च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । रोनाल्डोले यो वर्ष १८ गोल गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले मंगलबार रातिको खेलमा ४९ र ५४ औं मिनेटमा गरेको गोल च्याम्पियन्स लिगमा यो वर्ष गरेको १७ औं र १८ गोल थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७