ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ मृत्यु


६ मंसिर २०७४, बुधबार

काठमाडौं: मेचीराजमार्ग अन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा बुधबार दुई जनाको मृत्यु भएको छ ।

accident
मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को ट्रक विपरित दिसाबाट आइरहेकोे ग १२ प ४८३ नम्बरको मोटरसाइकल ट्रकमा ठक्कर दिदाँ मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७