स्थानीय र प्रदेशमा अब ५८ हजार २६२ कर्मचारी, सरकारले गर्‍यो स्वीकृत


१३ मंसिर २०७५, बिहीबार
karmachari
फाइल तस्बिर ।

काठमाडौं, १३ मंसिर । प्रदेश र स्थानीय तहले अब ५८ हजार २६२ जना कर्मचारी दरबन्दी पाउने भएको छ ।

karmachari
फाइल तस्बिर ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रदेश र स्थानीय तहका लागि ५८ हजार २६२ जना कर्मचारी दरबन्दी स्वीकृत भएको जनाएका छन् ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले विद्यमान ऐनले कर्मचारी समायोजनाको कामलाई अघि बढाउन नदिएको पनि स्पष्ट पारेका छन् ।

सचिव थपलियाले कर्मचारी समायोजनाका लागि कानुन संशोधन गर्न आफूले पटक पटक मन्त्रीलाई आग्रह गरेको दावी पनि गरे । नयाँ संवैधानिक व्यवस्थाअनुसार कानुन नबनाई कर्मचारी समायोजनको कामलाई अघि बढाउन नसकिने सचिव थपलियाको भनाई थियो ।

यता, सांसदहरुले भने आवश्यकता भन्दा बढी कर्मचारीको दरबन्दी स्वीकृत गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले आवश्यकता भन्दा बढी कर्मचारीको व्यवस्था नगर्न सरकारलाई सचेत गराइन् । उनले हजारौंको संख्यामा रहेका कर्मचारीहरु कटौती गरेर राज्यलाई आर्थिक बोझबाट मुक्त गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७