डाक्टरहरुकोआन्दोलनले बिरामी मारमा


१० आश्विन २०७४, मंगलवार
doctor 1

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा पाँच दिनयता जारी राखेको आन्दोलनले बिरामीहरु मारमा परेका छन् । आपतकालीनबाहेकका सबै सेवा बन्दको कार्यक्रम, यथावत राखेको हो। महत्वपूर्ण स्वास्थ्य सेवा बन्द हुँदा देशभरका हजारौं बिरामी प्रभावित भएका छन्।

doctor 1

स्थानीय औषधि पसलमा श्रीमतीको स्वास्थ्य परीक्षण गर्दा उनको फोक्सोमा पानी जमेको र छिट्टै उपचार गर्नुपर्ने सुझाव पाएको भोलिपल्टै गोरखाका हमबहादुर गुरुङ काठमाण्डूको महाराजगंजस्थित शिक्षण अस्पताल पुगे। छिटो अस्पताल पुर्‍याउन भन्दै उनले बिरामी श्रीमतीलाई ठूलो रकम खर्च गरेर ट्याक्सीमा ल्याए तर आकस्मिक बाहेक अन्य सेवा ठप्प पारेका चिकित्सकहरुले उनको श्रीमतीको भर्ना नलिएको उनले बताए। काखमा रहेको १८ महिनाको छोरालाई सुताउने कोशिश गरिरहेका गुरुङ्ले भने, ‘आरुघाटमा जचाउँदा फोक्सोमा पानी जमेको छ, काठमाण्डू लग भन्यो। त्यसैले मैलै १५ हजार खर्च गरें, ट्याक्सीमा ल्याएँ। बिहान ४ बजे आइपुगेको तर अहिलेसम्म भर्ना लिएको छैन। खै, के गर्ने सोचिरहेको छु।’

बिरामी काठमाण्डू जोरपाटीकी ४५ वर्षिया दुर्गा खतिवडाको टाउकोको शल्यक्रिया गर्ने दुई महिनाअघि तय भएको तर अहिले हड्ताल भन्दै फर्काइएको उनका छोराले बताए। उनले भने, ‘चार दिनदेखि आइरहेका छौं। सोमबार उहाँको टाउकोको शल्यक्रिया गर्ने भनिएको थियो। तर बिहान हामी आउँदा चिकित्सकहरुको हड्ताल छ, शल्यक्रिया हुँदैन, जाऊ भन्छन्।’

पछिल्लो समयमा चिकित्सकको लापरबाहीका कारणले बिरामीको मृत्यका घटना बढेकोले त्यसलाई व्यवस्थित गर्न सरकारले गत साता निर्देशन दिएको थियो। यसको विरोधमा उत्रेका चिकित्सकहरुले संशोधन हुन लागेको ऐनले उनीहरुको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन्। चिकित्सकहरुमाथि आक्रमण गर्ने वा उनीहरुको अपमान गर्ने व्यक्तिलाई विना  जेल धरौटीसजाय हुनुपर्ने माग उनीहरुले राखेका छन्।

आन्दोलन
बिबिसि नेपाली सेवाका अनुसार नेपाली सेवाका अनुसार चिकित्सकहरुको माग सम्बोधन गर्न भन्दै सोमबार बिहान मन्त्रिपरिषदको बैठक बसेको थियो। उक्त बैठकले राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री फर्कैपछि आगामी मन्त्रिपरिषदको बैठकबाट चिकित्सकहरुको माग सम्बोधन गर्ने निर्णय गर्‍यो र चिकित्सकहरुलाई अविलम्ब हडताल फिर्ता लिन आग्रह गर्‍यो। मन्त्रिपरिषदको निर्णयले उनीहरुलाई आश्वस्त पार्न नसकेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७