एसिया प्यासिफिक समिटले द्धन्द्धको बीजारोपण गर्‍यो: विश्व हिन्दु महासंघ


१४ मंसिर २०७५, शुक्रबार
Bishwo Hindu logo

काठमाडौं १४ मंसिर । विश्व हिन्दु महासंघले एसिया प्यासिफिक (युपीएफ) समिटले नेपालमा बसोबास गर्ने ९५ प्रतिशत भन्दा बढी नागरिकको अहितमा रहेको भन्दै द्धन्द्ध निम्तिने दाबी गरेको छ ।

Bishwo Hindu logo

हासंघले एक विज्ञप्ति जारी गर्दै पहिलेदेखि चलिआएको धर्म, संस्कृतिलाई मास्नका लागि युनिभर्सल पीस फेडेरेशन (युपीएफ)ले आयोजना गरेको कार्यक्रममा सरकारको संलग्नता रहेकोले यस्तो तरिकाले हो भने सरकारले मुलुकमा दिर्गकालिन रूपमा द्धन्द्धको बीजारोपण गरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ । ‘सनातनदेखि चली आएका धर्म, संस्कृतिविरुद्धमा आफ्ना गतिविधि गरिरहेकाहरू (युपीएफ)लाई राज्यको उपस्थिति राम्रो होइन । यसले गर्दा द्धन्द्ध निम्तिन सक्छ । राज्यको संलग्नताबाट मुलुकको ९५ प्रतिशत भन्दा धेरै नागरिकको भावना, आपसी सद्भाव रभाइचारामा असर परेको छ ।’

महासंघले यस्तो खालको कार्य तुरुन्त रोक्न सरकारलाई माग गरेको छ । नेपालमा चलिरहेको धर्म, संस्कार र संस्कृतिहरूलाई समाप्त पार्ने (युपीएफ)को योजनालाई सरकारले साथ दिएको आरोप लगाएको छ । महासंघले विज्ञप्तिमा भनेको छ, ‘नेपालको मौलिक परम्परालाई समाप्त पार्ने यस्ता कार्य सरकारले तुरुन्त रोक्नु पर्दछ । यदि सरकारले यस्तो कार्य गर्न दिए र सरकारको संलग्नता रहिरयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्छ ।’

प्रेस वक्तव्य

47161087 578909559235486 4456238254198358016 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७