तस्विरमा एशिया प्रशान्त शिखर सम्मेलन


१५ मंसिर २०७५, शनिबार
11

काठमाडौं, १५ मंसिर । एशिया प्रशान्त शिखर सम्मेलनलाई आजबाट शुरु भएको छ । काठमाडौंको हायत होटलमा शुरु भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

11

सम्मेलनमा सहभागी हुन आएका १५ सय बढी विदेशी विशिष्ठ पाहुनाहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रमा कम्वोडियाका प्रधानमन्त्री हु सेन, म्यान्माकी स्टेट काउन्सिलर आङ सान सु कीदगायतले सम्वोधन गरेका छन् ।

नेपाल सरकार तथा संघीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा भएको सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र र सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी छन् ।

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ ।

सम्मेलनमा लागि म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि छन् ।

सुकी र सेनको नेपालको औपचारिक भ्रमण समेत भएकाले उनीरुले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरिकेका छन् । ती मुलुक र नेपालबीच अलग–अलग द्विपक्षीय वार्ता भई सम्झौता समेत भइसकेको छ ।

1
2
3
4
5
6
7
8
9
10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७