गोपी र होमले एसियाली म्याराथनमा प्रतिस्पर्धा गर्ने


६ मंसिर २०७४, बुधबार
marathon

काठमाडौं: नेपालबाट दुई म्याराथन धावक गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठले चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । म्याराथन नोभेम्बर २६ तारिखमा हुँदैछ ।marathon

तीन सदस्यीय टोली बिहिबार प्रस्थान गर्दैछ । टिम अफिसियलमा नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम रहेका छन् । गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए ।

गोपीको समय २ घण्टा २३ मिनेट ०१ सेकेन्ड तथा होमको समय २ घण्टा २२ मिनेट २६ सेकेन्ड रहेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार बिदाइ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७