प्रदेश सरकार केन्द्रीय सरकार वामपन्थीको कव्जामा: भीम आचार्य


६ मंसिर २०७४, बुधबार
vhim achaya

धरान: पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव भीम आचार्यले कम्यूनिष्ट नेतृत्वको वामपन्थी सरकारले प्रदेश सरकार र केन्द्रिय सरकार कव्जा गर्ने उद्घोष गरेका छन् । vhim achaya

वुधबार सुनसरी क्षेत्र नम्वर १ स्थित धरान १८ को वुद्धचौकमा आयोजित चुनाबी घरदैलो अभियानको कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । आमगी मंशीर २१ गते हुने निर्वाचनको प्रदेश सभा तर्फ सुनसरी क्षेत्र नम्वर १ ‘ख ’ उम्मेृद्धवार समेत रहेका आचार्यले प्रदेश सभा र केन्द्रिय सभामा कम्युनिष्ट नेतृत्वको वाम पन्थी उम्मेद्धवारहरुले वहुमत ल्याउने भएकाले मुलुक सन्चालनको जिम्मेवारी वाम पन्थीहरुको काँधमा आएको दाबी समेत गरेका छन । लेखेर राख्नुहोस उनले भने , ‘निर्वाचनमा दुई तिहाई मत आउँछ, वाम पन्थी नेतृत्वमा आगामी ५ वर्ष स्थायी सरकार वन्ने पक्का पक्की हो, ।’jaya rai

आचार्यले मुलुकको दीर्घकालिन विकास , आर्थिक सम्वृद्धि र सम्मुनत नेपालको वनाउनका लागि पनि कम्यूनिष्ट नेतृत्वको वामपन्थी सरकार आवस्यक रहेको बताएका छन् । विगतको इतिहासमा नेपाली काग्रेसले २ पटक वहुमतको ल्याएर पनि मुलुकको समृद्धि र विकास गर्न सकेन, लोकतन्त्रको नाममा लुटतन्त्र मच्याएर मुलुकलाई उँधो गतितिर धकेलेको उनको भनाई छ ।तर एमाले नेतृत्वको ९ महिने सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक जनमुखी काम गरको बताउदै अब बामपन्थी नेतृत्वको सरकारले जन जीविका , रोजगार , विकास र समृद्धि गर्ने उनले बताए ।
त्यसैले इतिहाँसलाई साँची राख्दै जनताले अलमल नगरी आगामी मंशीर २१ गते चुनाबमा वामपन्थी उम्मेद्धवारलाई निर्धक्क भएर विजय गराउन समेत कोण सभामा संवोधन गर्दै आग्रह समेत गरेका छन । त्यसैगरि अर्को प्रसंगमा धरानलाई सम्मुनत नगर वनाउनका लागि आवस्यक रहेको समेत बताए । धरानको पर्यटन प्रवद्र्धन , कृषि विकास , स्वास्थ्य , शिक्षा नै धरानलाई सम्मुनत वनाउन सकिने आधार भएको पुर्व मन्त्री एवं एमाले सचिवले आचार्यले बताए । वहुजातीय , वहुभाषिक र ऐतिहाँसिक स्थल धरान भएकाले अव वाम पन्थी उम्मेद्धवारको बिजयीले धरानको विकासले कायापल फेरिने दाबी गरेका छन्  ।
बुधबार विहानै देखि उम्मेद्धवारहरुले धरान १८ र १९ नम्वर वडामा घरदैलो अभियान सन्चालन गरे । वाम उम्मेद्धवारहरु भीम आचार्य सहित जय कुमार राई , प्रदीप भण्डारी , समानुपातिक उम्मेद्धवार सावित्री श्रेष्ठ र उमिता वराइली ( रीमा ) तथा नेता र कार्यकर्ताहरुले जनताको घर घर पुगेर वाम उम्मेद्धवारलाई विजय गराउन आग्रह गरेको संयतm बाम गठवन्धन निर्वाचन परिचालन कमिटीका संयोजक प्रकाश राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७