जेलबाट छुटेका युनुस अन्सारी कता छन् ?

काठमाडौं, १८ मंसिर । ३५ लाख नक्कली भारतीय रुपैयाँसहित २०७० माघ ११ मा पक्राउ परेका विवादास्पद युनुस अन्सारी १ बर्षअघि नै जेलबाट छुटेको कुरा गुपचुप नै छ । उनी अदालतमा सेटिङ गरी एक बर्षअघि २०७४ फागुन २ मा छुटेको नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले पुष्टी गरेका छन् । एक बर्षअघि नै छुटिसकेका रहेछन्, एसएसपी सुवेदीले भने । युनुस अन्सारी छुटेपछि पनि भूमिगत जस्तै भएका छन् ।

पूर्वमन्त्री स्व. सलिममिया अन्सारीका छोरा युनुसलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआईको काम गर्ने भनेर भारतले सधैं टार्गेटमा राख्ने गरेको छ । युनुसले संचार क्षेत्रमा पनि लगानी गरेका थिए । उनको लगानीमा नेशनल टेलिभिजन संचालनमा थियो ।
नक्कली भारुको कारोबार गरेको अभियोगमा पक्राउ परी जेल सजाय काटेर छुटेका अन्सारी पुनः नक्कली भारुसहित पक्राउ परेका थिए । दोस्रो पटक छुटेपछि भने उनी गुमनाम छन् । जेलबाट छुटेको कुरासमेत गुपचुप नै रहेको छ ।