कम्युनिष्टकाे अधिनायकवाद स्वीकार्य छैन: पौडेल


६ मंसिर २०७४, बुधबार
Ram chandra paudel

लमजुङ: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवाद स्वीकार्य नहुने बताएका छन्। लमजुङको सुन्दर बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था स्वीकारेका कम्युनिष्टहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकोे आरोप लगाए। Ram chandra paudel

उनले बाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न लागेको आरोप लगाए। महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैनु– पौडेलले भने।

उनले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरूसँग देश र जनताको माया नभएको विचार व्यक्त गरे। उनले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गरेका हुन्। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७