तालिम केन्द्रमा प्रहरीलाई लाग्यो गोली


१८ मंसिर २०७५, मंगलवार
0 Shares

मोरङ, १८ मंसिर । प्रशिक्षार्थीलाई तालिम दिने क्रममा एक प्रहरी जवानलाई गोली लागेको छ ।

shooting a gun 0131 horizontal large gallery अमेरिकामा ११ जना यहुदीको हत्या

फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको हत्केलामा गोली लागेको हो ।

प्रशिक्षार्थी प्रहरीहरुलाई फायरिङ सिकाउने क्रममा दिउँसो २ बजे घटना भएको प्रहरी तालिम केन्द्रका प्रमुख समादेशक एसएसपी शहकुलबहादुर थापाले पुष्टि गरेका छन् ।

jagdamba.cement
rbbbb

नयाँँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्किएपछि पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर देब्रो हातको तत्केलामा लागेको हो ।

गाली लागि घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । तर, थप उपचारका लागि मंगलबार नै काठमाडौं लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७