चर्चित बालकलाकारहरुको सांस्कृतिक कार्यक्रम हुने


१८ मंसिर २०७५, मंगलवार
kkkk

काठमाडौं १८ मंसिर । पछिल्लो समय सञ्चारमाध्यमबाट चर्चा पाएका बाल कलाकारहरूले एकै ठाउँमा प्रस्तुति दिने भएको छ । आगामी मंसिर २८ गते चुम्लुङहिम ललितपुमा विश्मानव उत्थान तथा मेलमिलाप संघ र अरुण पोस्टले आयोजना गर्न लागेको सांस्र्कतिक कार्यक्रममा सबै बालकलाकार एकै उपस्थिति हुने भएको हो ।

kkkk

कार्यक्रममा बालकलाकार साथै राष्ट्रिय स्तरका कलाकाहरुले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ । उक्त सांस्कृतिक कार्यक्रममा बालबालिकालाई प्राथमिकता दिइएर आयोजना गर्नुको कारण उनीहरूका हौसला बढाउनको लागि रहेको कार्यक्रमका संयोजक लोकेश लिम्बुले बताएका छन् । कार्यक्रममा बलकलाकार प्रेम परियार, मनिष लिम्बु, माङगेना लिम्बु, प्रशान्त पाठक, विक्रम कार्की लगायतका बाल कलाकारले प्रस्तुति दिने छन् ।

कार्यक्रममा मुन्धुमी गायक ब्रब्रिम शेर्मा पनि उपस्थित हुने भएको छ । साथै सुहाङ लिम्बु, कञ्चन थलङ, गंगा फियाक, तिर्सना नेम्बाङ, एकान्त आङदेम्बे, एबी लिम्बु, तुलषा आङदेम्बे, दीपा सुहाङ ,प्रदेश लिम्बु, नायिका निशा पोमु, हास्यब्यङग कलाकार मौसम लिम्बु (फुलन्देको बाबु) लगायतका कलाकारहरूले प्रस्तुति दिने छन् । गायनसँगै (एफ एण्ड एफ कृउ )को हिपहप ग्रुप डान्स र मारुनी नृत्य हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७