प्रहरीलाई पनि समायोजनमा एक तह बढुवा


१९ मंसिर २०७५, बुधबार
Nepal police1

काठमाडौ, १९ मंसिर । समायोजनको क्रममा कर्मचारीले जस्तै नेपाल प्रहरीले पनि एक तह बढुवाको सुविधा पाउने भएका छन्  ।

Nepal police1

प्रहरी समायोजन विधेयकको मस्यौदामा प्रदेशमा समायोजन हुन चाहने प्रहरीलाई एक तह बढुवाको सुविधा दिइने उल्लेख छ । कानुन, संसदीय व्यवस्था तथा न्याय मन्त्रालयले विधेयकको मस्यौदामा सोमबार आफ्नो राय दिई गृह मन्त्रालय पठाएको छ ।

प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी तथा प्रदेश प्रहरी सञ्चालनसम्बन्धी ऐन र आन्तरिक शान्तिसुरक्षासम्बन्धी ऐनको मस्यौदा रायसहित गृह पठाइएको कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले बताए ।

समायोजन गर्दा प्रहरी नियमावलीअनुसार माथिल्लो तहमा बढुवाका लागि योग्यता पुगेका प्रहरीले एक तह बढुवा पाउनेछन् । जसमा कार्यरत पदको अवधि तथा शैक्षिक योग्यतालगायत विषय पर्दछन् । तर, कुन तहसम्मका प्रहरीलाई एक तह बढुवाको सुविधा दिने तय भइसकेको छैन ।

केही हप्ताभित्रै प्रहरी समायोजन ऐन अध्यादेशमार्फत ल्याउने सरकारको तयारी छ । समायोजनका लागि गृहसचिवको अध्यक्षतामा एक कार्यदल गठन गर्ने र त्यसले विस्तृत मापदण्ड बनाई समायोजन प्रक्रिया अघि बढाउने मस्यौदामा उल्लेख छ ।

समायोजनका लागि सुरुमा समायोजन हुन चाहेको प्रदेश छनोट गरेर आवेदन दिनुपर्नेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७