सरकारी कार्यालय ‘भ्रष्टाचारीको अखडा’


१९ मंसिर २०७५, बुधबार
ghush
सांकेतिक तस्वीर

काठमाडौ, १९ मंसिर । ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन ।

ghush

सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ – म भष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र जनाताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु । यो समाचार आजको नागरिक दैनिकमा छ ।

तर , यसरी दिनहुँ शपथ लिने राष्ट्रसेवक कर्मचारीले घुस खान भने छाडेका छैनन् । खासगरी सेवाग्राहीको चाप हुने निकायमा कार्यरत कर्मचारीले घुसविबना काम गर्दैनन् भन्ने जनगुनासो व्याप्त छ ।

समय समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेका कर्मचारी भ्रष्टाचार गरेको आरोपमा चलाइएका मुद्दा हेर्दा जनगुनासोमा सत्यता देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७