बंगलादेशबाट चिकित्सा शिक्षा : लाईसेन्स परीक्षामा अधिकांश फेल


१९ मंसिर २०७५, बुधबार
doctor 1

काठमाडौं, १९ मंसिर । बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाईसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ ।

doctor 1

साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाईसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए । परीक्षामा सफल हुनेको संख्या २१.३ प्रतिशतमात्र छ ।

यस्तै, १२ दन्तचिकित्सकले परीक्षा दिएकामा ९ जना फेल भएका थिए । आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सहभागी भएकामा ६१ जना फेल भएका थिए ।

नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएनका अनुसार बंगलादेशका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । सरकारी भन्दा निजी मेडिकल कलेजमा पढ्ने धेरै छन् ।

तर यहाँबाट एमबीबीएस गरेकाहरु लाईसेन्स परीक्षामा उत्तीर्ण हुने दर भने केही बर्षदेखि खस्कँदो रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७