मन्त्रालयको खर्चमा घुम्दै संसदीय समिति सभापति र सांसद


१९ मंसिर २०७५, बुधबार
samsad bhawan संसद भवन

काठमाडौं, १९ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमै संसदीय समितिका सदस्यहरु सहभागी भएका छन् ।

samsad bhawan संसद भवन

९ मंसिरदेखि सुरु भएको १६ दिने अभियानअन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातवटै प्रदेशमा कार्यक्रम तय गर्‍यो । तर, संसदको महिला तथा सामाजिक समितिले १२ मंसिरमा आफुहरुलाई पनि कार्यक्रममा बोलाउन निर्देशन दियो ।

त्यसपछि मन्त्रालयले निमन्त्रण पठाएर आफ्नै खर्चमा समिति सभापति र सांसद्लाई प्रदेशस्तरमा हुने कार्यक्रममा सहभागी गराएको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७