देउवा समक्ष चोलेन्द्र समशेरले कम्युनिष्ट सक्छु भनेपछि…


१९ मंसिर २०७५, बुधबार

काठमाडौं, १९ मंसिर । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रपछि प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश चोलेन्द्र समशेर राणालाई न्यायालयको नेतृत्वमा नलैजान नेकपा र सरकारमाथि दबाब परेको छ ।

Cholendra 1

बिचौलियाहरु उपेन्द्र महतोदेखि आङछिरिङ शेर्पा, एनसेलका सतिसलाल आचार्यको टेलिकम र हवाई माफियाहरु चोलेन्द्र समशेर राणामार्फत् सर्वोच्च अदालतबाट आफ्ना स्वार्थका मुद्दा आफू अनुकूल फैसला गराउनका लागि उनलाई नियुक्ति गर्न लागेका छन् । सोमबारको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गरेन । परिषदको बैठक पुनः मंसिर २२ लागि सरेको छ ।

आगामी पुस १६ मा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अवकाशपछि राणालाई प्रधानन्यायाधीश बनाउने तयारीमा नेकपा र सरकार छ । सुशीला कार्कीको महाभियोग प्रकरणमा धोका दिएकाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राणासँग रुष्ट थिए ।

उनी राणालाई प्रधानन्यायाधीश बनाउने पक्षमा सकाारात्मक नभएको सुईको पाएपछि उनी मंसिर १६ गते बेलुका देउवा निवास बुढानिलकण्ठ पुगेर उनीसँग क्षमा माग्दै आफूलाई संवैधानिक परिषदको मंसिर १७ को बैठकमा सिफारिस गर्न अनुरोध गरेका थिए ।

राणाले देउवासँग भनेका थिए–‘म त कांग्रेस हुँ, मेरो रगतमा कांग्रेस छ । मलाई अहिले प्रधानन्यायाधीश बनाउन सहयोग गर्नु भएन भने कम्युनिष्टहरुले निरन्तर न्यायालयको नेतृत् गर्नेछन्, कम्युनिष्टहरुले देश त कब्जा गरिसके, न्यायालयमा पनि उनीहरुलाई कब्जा गर्न नदिउँ, म प्रधानन्यायाधीश भएपछि कांग्रे्रेसको लागि काम गर्नेछु ।

तसर्थ भोलिको संवैधानिक परिषद बैठकमा गएर मेरो नाम सिफारिसमा सहयोग गर्नुस् ।’ राणाको भनाइ उद्धृत गर्दै देउवा निकट स्र्रोतले बताए अनुसार उनले कम्युनिष्टहरुको दुई तिहाई सरकारलाई असफल पार्ने कसम खाएर देउवा निवासमा बाचा बन्धनपछि मात्र देउवा विगतमा उनले दिएको धोका बिर्सिएर परिषद बैठकमा पुगेका थिए । यो खबर आजको बुधबार साप्ताहिकमा प्रकाशित छ ।

१६ गते बेलुकासम्म केन्द्रीय समिति बैठक भएकाले संवैधानिक परिषद बैठकमा देउवा जाने पक्षमा थिएनन् । तर चोलेन्द्र समशेर राणाको अरण्यरोदनपछि उनी हतार–हतार परिषद बैठकमा पुगेका थिए ।

नेकपाको सरकारको कार्यकाल अब ४ बर्ष भन्दा केही बढी छ । राणा पनि ४ बर्ष नै प्रधानन्यायाधीश हुनेछन् । त्यतिबेलासम्म नेकपाको दुई तिहाईको सरकारलाई असफल पार्ने विदेशी शक्तिले प्रधानन्यायाधीश राणालाई दुरुपयोग गर्ने देखिएको छ ।

बिचौलियाहरु जसरी पनि उनलाई प्रधानन्यायाधीश बनाउने चलखेलमा छन् । नेकपाले उपेन्द्र महतो, आङछिरिङ शेर्पा, सतिसलाल आचार्य, मीनबहादुर गुरुङहरु जस्ता बिचौलियाको प्रभावमा उनलाई प्रधानन्यायाधीश बनाएमा त्यो नेकपाका लागि त अपूरणीय क्षति हुने नै छ, मुलुकका लागि समेत दुर्भाग्यपूर्ण हुने कानुनविदहरु बताउँछन् ।

चोलेन्द्र समशेर भ्रष्टाचारी मात्र होइन, उनी लोकतन्त्रका विरोधी समेत हुन् भन्ने कुरा उनले गरेका फैसलाहरुबाट पनि पुष्टि हुन्छ । उनले उच्च अदालतदेखि विशेष अदालतमा हुँदा गरेका भ्रष्टाचारको बारेमा लेखिसाध्य नै छैन ।

भ्रष्टाचारीहरुबाट घुस लिंदै सफाइ दिने काम उनले गरे । चोलेन्द्र समशेर राणा लोकतन्त्रकै विरुद्ध विदेशी इशारामा चल्ने मानिस हुन् भन्ने कुरा उनले राजा वीरेन्द्रको छाउनीको १५ रोपनी १ आना जग्गा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो भनेर गरेको फैसला नै काफी छ ।

भोलिका दिनमा विदेशी शक्ति विशेषगरी भारत २ नम्बर प्रदेशलाई विवादमा ल्याउन खोजिरहेको छ । २ नम्बर प्रदेशलाई स्वायत्त घोषणा गराउने र त्यो मुद्दा सर्वोच्च अदालतमा पुर्‍याउने अनि चोलेन्द्र समशेर राणाबाट संवैधानिक इजलासमा कनिष्ट र सेटिङवाला न्यायाधीशलाई राखी मान्यता दिने खेलमा उनी गोटी नबन्लान् भन्ने के ग्यारेन्टी छ ? दुई तिहाईको सरकारले त्यतिबेला के गर्नसक्छ ?
उनको विगतले यही बताउँछ ।

उच्च अदालतदेखि विशेष हुँदै सर्वोच्च अदालतसम्ममा गरेका फैसला हेर्दा उनले त्यसो नगर्लान् भन्ने ग्यारेन्टी छैन । एक बरिष्ठ अधिवक्ता भन्छन्–‘स्व. राजा वीरेन्द्र शाहको नेपाल सरकारका नाममा गइसकेको जग्गा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको दाइजो भनेर फैसला गर्नेले भोलि २ नम्बर प्रदेश स्वायत्त भनेर फैसला नगर्लान् भन्न सकिन्छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७