आन्दोलनरत शिक्षकको माग पूरा गर्दै सरकार, २१ गतेको विरोध कार्यक्रम स्थगित


१९ मंसिर २०७५, बुधबार
0 Shares
teacher aandolan

काठमाडौं, १९ मंसिर । सेवा सुविधाको माग गर्दै आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीको माग सरकारले पूरा गर्ने भएको छ ।

teacher aandolan

आन्दोलनकारीको माग सरकारले सम्वोधन गर्ने भएपछि नेपाल शिक्षक महासंघले घोषणा गरेको विरोधका कार्यक्रम स्थगन भएको छ । महासंघले मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएपछि उसले आन्दोलनका कार्यक्रम स्थगनको घोषणा गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता गर्न कानून संशोधन गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट हुनुपर्ने माग राख्दै महासंघ गत जेठ १७ देखि आन्दोलित छ ।

आफ्ना माग पूरा नभएपछि महासंघले मंसिर २१ मा काठमाडौंमा विरोध प्रदर्शनको तयारी गरेको थियो । तर, सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यसअघिका घोषित कार्यक्रम स्थगित गरिएको जानकारी महासंघले विज्ञप्तिमार्फत् दिएको छ ।

jagdamba.cement
rbbbb

महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७