न्यायाधीश पत्नीको पतिमाथि संगीन आरोप : उहाँ बेड फेस गर्न नसक्ने, अप्राकृतिक मैथुनमा रमाउने मान्छे


१९ मंसिर २०७५, बुधबार
lalita raut

काठमाडौं, १९ मंसिर । पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतका पारिवारिक जीवनका कुराहरु छताछुल्ल रुपमा बाहिर आएका छन् ।

lalita raut

पत्नी ललिता राउतले न्यायाधीश प्रकाशनमानसिंह राउतका निजी र पारिवारिक कुराहरुलाई सार्वजनिक गर्दै उनीमाथि संगीन आरोपहरु समेत लगाएकी छन् । राउत दम्पतीबीच चिसिएको सम्बन्धका कारण उनीहरु सम्बन्ध विच्छेदको अवस्थामा समेत पुगिसकेको स्वयम् ललिता राउतले सार्वजनिक रुपमा नै बताउँदै आएकी छन् ।

पारिवारिक विवादको विषयमा थुनामा परेर निस्किएपछि सम्बन्ध बिच्छेदका लागि न्यायाधीश राउतले आफूलाई दबाब दिएको भन्दै ललिताले महिला अधिकारकर्मी लिएर घर पुग्नु परेको समेत बताएकी छन् । उनलाई घर प्रवेशमा सुरक्षाकर्मीले रोकपछि पतिविरूद्ध गम्भीर आरोपसहित निजी कमजोरीका विषयमा खुलासा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘मैले बच्चा चाहियो भन्दा मलाई जेलसम्म पुर्‍याइयो, उहाँ मसँग बेड मात्र होइन केही कुरामा फेस गर्न नसक्ने हुनु भयो । मलाई घर छिर्न दिइएन ।’ उनले पति–पत्नीबीचको शारिरीक सम्बन्धका विषयमा समेत मुख खोलेकी छन् ।

न्यायाधीश राउतसँग बिहे भएको १५ बर्षसम्म तीन–चार पटक मात्र शारीरिक सम्बन्ध भएको बताएकी बताएकी छन् । उनले भनिन्, ‘उहाँ अप्राकृतिक हस्त मैथुनमा रमाउनु हुँदोरहेछ, बेड फेस गर्न सक्नु हुन्न ।’

२०६१ मंसिर २९ मंसिर राउतसँग बिहे गरेकी ललिताले मन भुलाउनका लागि बारम्बार सन्तान माग्दा पनि राउत सन्तान दिन असमर्थ रहेको आरोप लगाएकी छन् । उनले थपिन्, ‘उहाँ बेड पनि फेस गर्न नसक्ने, बाहिर पनि फेस गर्न नसक्ने मान्छे । कागजपत्रमा पनि फेस गर्न सक्नु भएन । बरू मलाई उल्टै थुन्नु भयो ।’

आफूलाई सन्तान चाहिएको बताउँदै समय माग्दा समय नपाएको भन्दै उनले भनिन्, ‘उहाँ खाली पार्टी र मिटिङमा हिंड्नु हुन्थ्यो, १२–१ बजे राति आउने । मैले बच्चा मागें । तर, औषधि खाएको छ डेढ बर्ष पर्ख भन्नु हुन्थ्यो ।’ महिला अधिकारकर्मी सावित्री सुवेदीसहित न्याय माग्दै घर पुगेकी ललिताले भनिन्, ‘हामीबीच बच्चाका विषयमा नै झगडा हुन्थ्यो ।’

के हो विवादको कुरा ?
गएको साउनमा उदयपुरमा ललितालाई पक्राउ गरेपछि न्यायाधीश दम्पती पारिवारिक असमझदारीको कुरा सतहमा आयो । ललितासहित उनका दाजुभाउजुलाई न्यायाधीशको हस्ताक्षर र औंठाछाप कीर्ते गरेको अभियोगमा प्रहरीले उदयुपरको कटारीमा पक्राउ गरेको थियो ।

ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहानलाई पक्राउ गरी २० दिनसम्म थुनामा राखिएको थियो ।

न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको कीर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्कैको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको थियो । थुनामुक्त भएपछि ललिताले न्याय माग्न घर आउँदा छिर्न नदिएको र दिदीको घरमा बसेको बताउँदै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७