मन्त्री मगरद्वारा खानेपानी संस्थानका महाप्रबन्धक बर्खास्त


१२:१८ बजे

काठमाडौं, १९ मंसिर । खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट बर्खास्त गरिएको छ ।

अनियमिततामा मुछिएको र प्रभावकारी काम गर्न नसकेको भन्दै उनलाई महाप्रबन्धकको जिम्मेवारीबाट हटाइएको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले प्रसादलाई जिम्मेवारी मुक्त गरेकी हुन् । प्रसादलाई मन्त्रालयसँग समन्वय नगरेको, घोटालामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको आरोप लगाइएको छ ।

भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगञ्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ अनियमितता गरेकोलगायत आरोप लागेको छ । अहिले मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई खानेपानी संस्थानको महाप्रवन्धकको जिम्मेवारी दिने निर्णय समेत भएको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७