६ युवती भाडामा राखेर अश्लील धन्दा, कोठामा भेटियो ९ वटा क्यामरा


१९ मंसिर २०७५, बुधबार
porn 9asyd4mk25 1

काठमाडौं, १९ मंसिर । पछिल्लो समय नेपालमा यौन हिंसा र बलात्कारका घटनाहरु एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् ।

porn 9asyd4mk25 1

नेपाल जस्तै छिमेकी देश भारत पनि यौनजन्य हिंसा र बलात्कारको घटनाले बदनाम जस्तै छ । यहाँ पनि दैनिक यस्ता घटनाहरु चकित बनाउने गरी बाहिरिने गरेका छन् । यस्तै एक घटना अहिले बाहिरिएको छ ।

प्रिति (परिवर्तित नाम) चेन्नईमा बसाई त सरिन् तर उनलाई कोठा पाउन निकै गाह्रो भयो । एकदिन उनले सोसल मिडियामा सम्पत नामका एक व्यक्तिले अन्ना नगरमा तीन वटा कोठा भाडामा दिँदैछन् भन्ने थाहा पाइन् । उनी खुी भइन् । नोभेम्बरमा कोठा सरिन् । केही दिनभित्रै तीनवटा कोठा ६ महिलाले भरिए ।

सम्पत निकै राम्रा व्यक्ति थिए । अथातत्, ती घर मालिक यति राम्रा थिए कि दैनिक रुपमा केही न केही बनाइरहेका हुन्थे ता कि घरमा कुनै पनि महिलालाई समस्या नहोस् । सम्पतको अफिस पनि त्यही भवनमा थियो ।

sampath 750 120518122641 p4GFDnq7lg
सम्पत

एक दिन एक जना युवती नुहाउन बाथरुम छिरिन् । अचानक बाथरुममा बिजुलीको सकेट उखेलियो र खस्यो । जब उनले त्यसलाई ध्यानपूर्वक हेरिन् तब त्यसमा क्यामरा राखिएको पत्ता लगाइन् ।

महँगो क्यामरा
त्यही बेला सम्पतको पर्दाफास भयो । द न्यूज मिनेटमा छापिएको खबर अनुसार अनुसन्धान गर्दा सम्पतले घरको सकेट बल्ब, ह्यांगर, यहाँ सम्म कि आफ्नो हातमा लगाएको घडीमा पनि क्यामरा फिट गरिएको थियो । यद्यपी, त्यतिबेलासम्म बाथरुमको क्यामरा मात्र चलिरहेको थियो । उनी दैनिक रुपमा यी क्यामरामाथि काम गर्न रिपेयरको बहानामा फ्ल्याटमा आउँथे ।

उक्त क्यामरा निकै राम्रो क्वालिटीको थियो । ती सेन्सर भएका क्यामरा थिए । आवाज आउन थालेपछि ती क्यामरा आफैं अन हुन्थे । ढोका खोल्दा वा पानीको आवाज आउँदा पनि क्यामरा अन हुन्थे ।

इन्जिनियरिङको दिमाग अपराध प्रयोग
सम्पतले ब्याचलर्स इन इन्जिनियरिङ गरेका छन् । त्रिचीमा बस्थे । सपना ठूलो देख्थे । रियल स्टेटका बादशाह बन्न चाहन्थे ।

तर व्यापार चलेन र अत्यधिक क्षती व्यवहोर्नुपर्यो । सफलताको सर्टकट खोजिरहन्थे । सन् २०११ मा गैरकानूनी तरिकाले जमिन हडपेको मुद्दामा दोषी पाइएका थिए तर उनको कर्म सुध्रिएन ।

जुन घरमा क्यामरा लगाए, त्यो उनको आफ्नै घर नभई भाडामा लिएका थिए । घर मालिकलाई श्रीमती र बालबच्चासँग बस्ने बताएका थिए । आफ्नो इन्जिनियरिङको पढाई क्यामरा फिट गर्न प्रयोग गरे । पुलिसका अनुसार फिट गरिएका सबै क्यामरा चल्न सकिरहेका थिएनन् । ती परीक्षणको क्रममै थिए । त्यसकारण कुनै फुटेज रेकर्ड भएनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७