पूर्व सहसचिव कार्कीलाई अख्तियारको आयुक्त बनाउनुपर्ने देउवाको सर्त


१९ मंसिर २०७५, बुधबार
ganeshraj karki

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पद आफूले भनेअनुसार हुनुपर्ने सर्त राखेका छन् । सोमबार संवैधानिक परिषदमा प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणाको नाम सिफारिस गर्नका लागि उनले आयुक्त आफूले भनेको हुनुपर्ने सर्त राखेको स्रोतले बताएको छ ।

सभापति देउवाले अख्तियारको आयुक्तका लागि पूर्वसहसचिव गणेशराज कार्कीको नाम अगाडि सार्ने भएका छन् ।  कार्की ओखलढुंगाबाट २०४८ मा जितेका पूर्वसांसद स्व. बालाराज कार्कीका छोरा हुन् । उनी अख्तियारकै सहसचिवबाट २ बर्षअघि अवकश भएका हुन् । उनी अख्तियारमा प्रवक्ता थिए । अख्तियारमा सहसचिव हुँदै उनी उजुरीमा मोलमोलाईमा लागेको आरोप लागेको थियो । उनी मोरङमा २ बर्षभन्दा बढी समय प्रमुख जिल्ला अधिकारी हुँदा पनि विभिन्न काण्डमा परेका थिए । सभापति देउवाले गएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा कस कसलाई टिकट दिदा जित्न सकिन्छ भनेर उनैसँग सल्लाह लिएका थिए । र, कार्कीलाई आयुक्त बनाउनकै लागि उनले सोमबारको संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्न नमानेको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७