प्रधानन्यायाधीश बन्न लबिङ, दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी


२० मंसिर २०७५, बिहीबार
pranya 20181203064853

काठमाडौं, २० मंसिर । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ ।

pranya 20181203064853

प्रधानन्यायाधीश छनौटका लागि शनिवार परिषद् बैठक बस्दै छ । यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो ।

न्यायापालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका लागि वरिष्ठ न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्‍याएर संवैधानिक परिषद् मा पठाएको छ ।

यसघघि पनि हालका प्रधानन्यायाधीश आमप्रकाश मिश्रसहित तीनै जनाको नाम पठाईएको थियो । प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७