७५ फुट लामो प्रियंकाको पहिरन, विश्वभर चल्दै चर्चा

काठमाडौं, २० मंसिर । बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधबार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन् । उनको यो पहिरनको अहिले सर्वत्र चर्चा छ ।

प्रियंका र अमेरिकी गायक निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् ।