सलमान खान बलिउडको सर्वाधिक धनी सेलिब्रेटी, साहरुख १३ स्थानमा मात्रै (सूचीसहित)


२० मंसिर २०७५, बिहीबार
salman

काठमाडौं, २० मंसिर । बलिउड चर्चित अभिनेता सलमान खान लगातार तेस्रोपल्ट सबैभन्दा धनी भारतीय सेलेब्रेटी बन्न सफल भएका छन् ।

salman

उनी विश्वचर्चित पत्रिका फोब्सले निकालेको सूचीमा लगातार तेस्रोपल्ट परेका हुन् । बलिउडका अर्का खान शाहरुख खान भने सूचीको १० स्थान बाहिर पुगेका छन् । कुल सय भारतीय सेलेब्रेटीको सूची फोब्स इन्डियाले सार्वजनिक गरेको हो ।

उसले अक्टुबरदेखि सेप्टेम्बरसम्म यी सेलेब्रेटीहरूले गरेको कमाइको आधारमा यो सूची सार्वजनिक गरेको जनाएको छ ।

सूची अनुसार सलमानले २५३.२५ करोड भारू कमाइ गरेका छन् । उनको यो कमाइ सिनेमा तथा विज्ञापन आदिबाट आएको हो । सलमानपछि यस सूचीमा स्टार क्रिकेटर विराट कोहली छन् ।

गत वर्ष दोस्रो स्थानमा रहेका शाहरूख भने यस वर्ष १३ औं स्थानमा झरेका छन् । यस वर्ष शाहरुखको कमाइ अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले घटेको फोब्सले जनाएको छ । तेस्रो स्थानमा १८५ करोड भारू कमाउँदै अभिनेता अक्षयकुमार छन् । यसैगरी अभिनेत्री दीपिका पादुकोण ११२.८ करोड भारू कमाउँदै सूचीको चौथो स्थानमा परेकी छन् भने क्रिकेटर महेन्द्र सिंह धोनी पाँचौमा पर्दा आमिर खान (९७.५) कराेडका साथ छैटाैँ स्थानमा परेका छन् । त्यस्तै अमिताभ बच्चन(९६.१७), रणवीर सिंह (८४.७), सचिन तेन्दुलकर (८० करोड) तथा अजय देवगन(७४.५० करोड) क्रमशः १० स्थानसम्म छन् । यस्तै सूचीको ११ औं र १२ औं स्थानमा शाहरूख खानलाई ए आर रहमान तथा आलिया भट् र छन् ।

हेर्नुस् फोब्सले सार्वजनिक गरेको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७